• ५ साउन २०८३, मंगलबार
  • ११:३५ बिहान

तीन वर्षभित्र देशभरि पूर्ण विद्युतीकरण हुनेछ : मन्त्री पुन

प्रकाशित मिति

२०७६ कार्तिक ६ गते, बुधबार ०३:०७

चितवन, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताउनु भएको छ । बुधबार भरतपुर महानगरपालिकाले आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने बताउनु भएको छ ।

चालू आर्थिक वर्षमा रु २८ करोड बजेट छुट्टा्याइएको र ४१ जिल्लामध्ये चितवन पनि पर्ने जानकारी दिदै उहाँले भन्नुभयो, ‘तीन वर्षभित्र देशभरि पूर्ण विद्युतीकरण हुनेछ ।’ उहाँले प्रधानमन्त्रीको पानी जहाजको सपनालाई साकार पार्न नारायणी नदीमा पानीजहाज चलाउने अवधारणालाई अगाडि बढाइएको बतानुभयो । मन्त्री पुनले रु २० करोडको लागतमा भरतपुर महानगरमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको जानकारी दिनुभयो।

Kamana Sewa

प्रतिकृया