• १९ भदौ २०८३, शुक्रबार
  • ११ः४६ राती

वैदेशिक रोजगार कम्पनीलाई कर्मचारीको विवरण बुझाउन निर्देशन

प्रकाशित मिति

२०७६ कार्तिक ६ गते, बुधबार ०९:१९

काठमाडौँ, सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई आ–आफ्नो कम्पनीका सञ्चालक तथा कर्मचारीको विवरण बुझाउन निर्देशन जारी गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार त्यस्तो विवरण उपलब्ध गराउन सात दिनको म्याद दिइएको छ । यो अवधिमा मागेको विवरण उपलब्ध नगराए कारोबार बन्द गरिने चेतावनी पनि विभागले दिएको छ ।

विभागका महानिर्देशक भीष्मकुमार भूसालले म्यानपावर कम्पनीलाई निगरानी राख्नका लागि कम्पनी सञ्चालक र कर्मचारीको विस्तृत विवरण माग गरिएको जानकारी दिए । नियमन गर्न सजिलो हुने भन्दै धरौटी बढाएर म्यानपावरको सङ्ख्या विभागले झण्डै आधामा घटाएको भन्दै उनले ती कम्पनीबाट वैदेशिक रोजगारीमा जाने व्यक्ति अप्ठारोमा नपरून् भनेर कम्पनीको विवरण माग गरिएको बताए । गोरखापत्र दैनिकबाट साभार

Kamana Sewa

प्रतिकृया