सरकारले राजनीतिका नाममा हुने अपराधीकरणलाई रोक्नेछ : मन्त्री बाँस्कोटा
प्रकाशित मिति
२०७६ कार्तिक ६ गते, बुधबार ०९:२३
दोलखा, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अपराधिक गतिविधिमा संलग्नलाई कारवाही शुरु भएकाले राजनीतिमा अपराधीलाई कुनै स्थान नभएको चेतावनी दिनुभएको छ ।

रेडियो शैलुङको १२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले भुन्नुभयो, ‘सरकारले राजनीतिका नाममा हुने अपराधीकरणलाई रोक्नेछ ।’ व्यावसायिकताको बहस गर्नुपर्ने समयमा कतिपय सञ्चारमाध्यम ‘हेडलाइनकारिता’तिर लागेको उल्लेख गर्दै उहाँले भ्रमको खेती नगर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।
सरकार प्रतिबद्ध भएर समुन्नत राष्ट्र निर्माण गर्नका लागि प्रगतिको पथमा अगाडि बढिरहेको बताउँदै हरेक बस्तीमा एक वर्षभित्र सञ्चार सेवा पुर्याउने सरकारको उद्देश्य रहेको बताउँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले लामो समयदेखि रोकिएको फोर जी सेवा विस्तारको काम सात महिनामै सकिने उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा रेल सञ्चालन हुने कुरा अब असम्भव नभएको बताउनुभयो । मन्त्री बाँस्कोटाले पर्यटन र ऊर्जा दोलखाको सम्पत्ति भएकाले यसबाट जिल्लाको विकास गर्न सकिने बताउनुभयो । उनले ५९ ठाउँमा विस्तार भइसकेको बताउँदै छिटै ५०० ठाउँमा विस्तार गरिने जानकारी दिँदै उहाँले नेकपाले निर्वाचन घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धताअनुसार सरकार अघि बढिरहेको उल्लेख गर्नुभयो ।



प्रतिकृया