• २० भदौ २०८३, शनिबार
  • २ः५९ दिउँसो

बेवारीसे मानवको दुःखको आँशुलाई सकेसम्म सुखको आभास गराउने लक्ष्य : सांसद बस्नते

प्रकाशित मिति

२०७६ आश्विन २६ गते, आईतवार ०१:४९

भक्तपुर, नेपालीहरुको महान् चाड विजया दशमी अर्थात दशैं, जो आफन्तसँग भेटघाट, टिका, आशिर्वाद तथा नयाँ नयाँ ठाउँको भ्रमण गरी दुःख सुख साटासाट गरेर मनाउने गर्दछन् ।

National Life

तर नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नतेको भने त्यस्तोमात्र रहेन । आफ्नो जिल्लालाई बेवारीसे सडक मानव मुक्त बनाउने अभियानलाई साथ दिइरहेको चाँगुनारायण नगरपालिकाको यातुमहादेवमा सञ्चालनमा रहेको मानव कल्याण समाज सेवाघरको आयोजनामा रहेका आफन्त विहिन बेवारीसे सडक मानवलाई दुखेको घाउनमा मलहम लागाउँदै सांसद बस्नेतले शनिवार सेवा घरमा नै पुगी सामुहीक टिका लगाई दिए ।

आफन्त विहिनले आफन्त नभएको महशुस गर्न नपाउन भन्ने मुख्य उद्देश्यका साथ उनले उक्त सेवा घरमा रहेका ६१ जना बेवारीसे सडक मानवलाई टिका लगाईदिएका हुन । बेवारीसे मानवको दुःखको आँशुलाई सकेसम्म सुखको आभास गराउने लक्ष्यका साथ उनी लगायतको समुहले टिकाको साथमा नास्ताको व्यवस्था समेत गरेको थियो ।

Classic Tech Desktop

कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरलाई बेवारीसे सडक मानव मुक्त बनाउने अभियानमा विशेष भूमिका निर्वाह गरेकोमा सेवा घरलाई विशेष धन्यवाद व्यक्त गर्दै सेवा घरको लागि स्थायी रुपमा वसोवास गर्न मिल्ने प्रकारको सामुहिक भवन निर्माण गर्ने प्रकृयामा रहेको जानकारी दिएका हुन ।

सामुहिक टिका कार्यक्रममा सांसद बस्नेतको नेतृत्वमा भक्तपुर जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बाँस्तोला, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापा, नेकपाका नेता दामोदर दंगाललगायतका व्यक्तिहरुको टिमले उक्त सामुहिक टिका कार्यक्रम गरेको हो ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले सेवा घरको लागि आर्थिक सहयोग समेत प्रदान गरे । समाजसेवी तथा नेकपाका नेता दंगालले आफ्नो जन्मोत्सव समेत उक्त स्थानमा नै मनाए । उनले आफ्नो जन्मोत्सवको उपलक्ष्यमा आर्थिक सहयोग गरे । त्यस्तै सूर्यविनायक नगरपालिकाका उपप्रमुख बस्नेतले समेत दशैं खर्च स्वरुप रु पाँच हजार सहयोग प्रदान गर्नु भएको थियो ।

प्रतिकृया