• ४ साउन २०८३, सोमबार
  • ३:३१ बिहान

अतिथि देबो भव हाम्रो संस्कृति र परम्परा

प्रकाशित मिति

२०७६ आश्विन २५ गते, शनिबार १२:१५

रीना भट्ट,   अतिथि देबो भव हाम्रो संस्कृति र परम्परा हो।कोही कोही संसार मा यस्तो मान्छे पनि छन् जसले आजको दिन सम्म एक्लै खाना खाएका छैनन् कोही न कोही आगन्तुक उसको घरमा आइ रहेकै हुन्छ। चाहे उ राज्यको ठूलो मान्छे नहुन पनि सक्छ तर कोही न कोहि उसलाई भेटन उसको घर आएकै हुन्छ।

उसलाई यति कुरा को घमण्ड पनि छ की मैले जीवनमा आज सम्म एक्लै खाना खानु परेको छैन भनेर। एउटा अतिथि जान नपाउदै अर्को अतिथि आइ पुग्नु उसको घरको नियम नै हो। उसले आफुलाई भगवान र मनुष्य को ठूलो कृपा भएको सोच्दछ। हामीले पनि बालक हुदां देखि नै अतिथि लाई सम्मान र सत्कार गर्नु पर्छ भन्ने सुनेका छौ। त्यसैले अतिथि लाई भगवान भनेर नै “अतिथि देवो भव “भन्ने कुरा सानै बाट हाम्रो मन मस्तिष्क मा रह्यो जुन रहनु पनि पर्छ।

Kamana Sewa

पूराणमा कति कथाहरू मा अतिथि सत्कार को महिमा बारे बर्णन गरेको पाइन्छ। मानिस ले अतिथि को स्वागत सत्कार को लागि आफ्नो छोरा समेत को बध गरेको कथा मा राजा मोरध्वज को उदाहरण पाइन्छ। अतिथि सत्कार को महिमाको यति सम्म पराकाष्ठा पुराणमा उल्लेख छ। “अतिथि “को मतलब निश्चित नभएको तिथि हो। अर्थात् असमय जसको समय निर्धारण छैन जब मनलाग्यो आउने र जबमन लाग्यो जाने नै अतिथि हो। असमय को अर्थ नै अतिथि हो।हामीलाई अरू कुरा भन्दा असमय ले सबैभन्दा बढि प्रभावित पार्छ किनभने हामी कामकाजी मान्छे हौ। एक्काइसौं शताब्दीमा को कामकाजी छैन जसलाई देख्यो उ नै हतार र काममा ब्यस्त भएको देखिन्छ।

Classic Tech Desktop

आजभोली आफूलाई ठूलो मान्छे भनेर देखाउने एउटा साधन भनेकै “मलाई त खाना खाने समेत फुर्सद छैन” भन्ने मान्छे को घुइँचो नै यो संचारमा देखिदैछ।पहिले अतिथि देब थिए भने आज अतिथि लाई देब होइन असमय मा आउने समस्या भन्ने गरेको देखिन्छ। अतिथि ले अन्न मात्र होइन टाउको खान्छ भन्ने हरु पनि धेरै छन्। पहिला अतिथि देब चार पाँच बर्ष मा आउनु हुन्थ्यो खाद्यान्न को शाधनको कमी थिएन दश बजे अफिस हान्नीन बाध्यता थिएन , क्रितीमता र प्रदर्शन जीवन को अनिवार्य अंग बनेको थिएन एउटा कोठामा पुरा परिवार लाज संकोच छोडेर बस्दैन थियो। आकाश झै जीवन पनि खुला थियो हृदय पनि पृथ्वी समान बिशाल थियो तसर्थ त्यो बेला अतिथि पनि भगवान सरह नै थिए। तर आज भोलि यातायातको साधन को बिकाश संग संगै अतिथि पनि बिकाश धेरै भएको छ।

आफु लाई खान त अन्न नभएको अबस्था मा अतिथि लाई के खुवाउने भन्ने भएको छ जब आफैंलाई नै सुत्न लाई आफ्नो इच्छा अनुसारको सुबिधा सम्पन्न ठाउँ नहुदा अतिथि लाई कहाँ सुताउने भन्ने समस्या देख्छन् , जबकी आफ्नै प्रिय जनको बिच दश मिनेट समय बिताउन गाह्रो हुने ब्यक्ती हरुले अतिथि लाई दिनभर साथ दिन के समय हुन्थ्यो र?? तर यो लाचारी हुदा हुदै पनि “अतिथि देब आऊछन र आउदै रहनेछन्” र हामीले उनीहरूलाई स्वागत सत्कार गर्नै पर्छ। हिन्दु संस्कार मा अतिथि संस्कार लाई मुख्य धर्म भनिन्छ।

बैबाहिक जीवनको सफलता नै अतिथि संस्कार ले निर्धारण गर्छ भनेर हिन्दु धर्म मा भनिन्छ। अतिथि को जाति आश्रम योग्यता र अबस्था हेर्न हुन्न। जुन घरबाट अतिथि निराश फर्कन्छ त्यो घरको सबै पुन्य नै उसले लिएर जान्छ रआफ्नो सबै पाप त्यही छोडेर जान्छ भनिन्छ।कसैको आमन्त्रणलाई अस्विकार गर्नु अशिष्टता हो। अशिष्ट ले आमन्त्रण लाई स्विकारदैनन। तर जे भए पनि अरूको आतिथ्य लाई स्विकार गर्नु र अतिथि लाई सम्मान गर्नु नै हामी नेपाली को संस्कार र संस्कृति हो।

आज हाम्रो छिमेकी मुलुक चीनको राष्ट्रपति सि जीङ पिङ हाम्रो निमन्त्रणा स्विकार गर्दै आउदै हुनुहुन्छ भने हामीले पनि उहाँको आतिथ्य स्विकार को बदला आतिथीलाई देब नै मानेर उहाँ नेपाली भूमिमा रहने समय सम्म उहाँ को सम्मान र सत्कार गर्नु हामी नेपाली को कर्तव्य नै हो। आज सरकार संग अधिकारको माग गर्ने होइन एउटा अतिथि संस्कार मा हामीले गर्नु पर्ने कर्तव्य गरौ र उहाँलाई नेपालको बसाइ अबिष्मरणिय बनाउन लागि परौ।

प्रतिकृया