• १९ भदौ २०८३, शुक्रबार
  • २ः०१ राती

भक्तपुरलाई सडक मानवमुक्त जिल्ला घोषणामा समस्या हुदैन:सांसद बस्नेत

प्रकाशित मिति

२०७६ आश्विन १७ गते, शुक्रबार ०९:०६

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत भक्तपुरलाई अब सडक मानवमुक्त जिल्ला घोषणा गर्न कुनै समस्या नहुने बताउनु भएको छ । भक्तपुरमा सडक मानवमुक्त बनाउने पहिलो अभियानकर्ता संस्थाको रुपमा मानव कल्याण सेवा घर भएको बताउँदै उक्त संस्थाले सडक मानवको सवालमा गरेका कार्यहरु अतुलनिय रहेको समेत बताउनुभयो । उहाँले भक्तपुरमा मानवताको विजारोपण मानव सेवा घरले नै गरेको उल्लेख गर्दै भक्तपुरलाई अब सडक मानवमुक्त जिल्ला घोषणा गर्न कुनै समस्या नहुने बताउनु भएको हो ।

Kamana Sewa

सांसद महेश बस्नेतले मानव कल्याण समाज सेवा घर लाई आर्थिक तथा लत्ताकपडासहित सहयोग हस्तान्तरण गर्नुभएको छ । उहाले भक्तपुरलाई वेवारिसे सडक मानवमुक्त बनाउने अभियान अन्तरगत विहिबार उक्त सस्थालाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।

Classic Tech Desktop

भक्तपुरलाई सडक मानवमुक्त बनाउने मुख्य उद्देश्यका साथ चाँगुनारायण नगरपालिकामा सञ्चालनमा रहेको उक्त सेवा घरलाई सांसद बस्नेतले आफ्नो तर्फबाट दशैं खर्च स्वरुप दश हजार, इजरायलमा बसोवार गर्ने नेपालीहरुको संस्था सलोन नेपाल मुभमेन्ट सोसाइटीद्वारा उक्त सेवा घरलाई रु १ लाख ३५ हजार तथा नेकपाकी नेतृ तथा अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नंं २ की अध्यक्ष हिरामाया शेर्पाले आवश्यकय लत्ताकपडासहितको सहयोग संस्थाकी संचालन सुमित्रा चौलागाईलाई हस्तान्तरण गर्नुभएको छ ।

संस्थाले विगत २६औं दिनदेखी नियमित रुपमा सडक मानवलाई प्रत्येक राती उद्धारका कार्यहरु गर्दै आइरहेको छ । केही महिनाभित्र नै सडक मानवमुक्त बनाउने लक्ष्यका साथ उक्त सेवा घरले आगामी २५ गते सामुहिक दशैंको टिका लगाउने कार्यक्रम समेत राखेको अध्यक्ष तथा संचालक चौलागाईले जानकारी गराउनुभयो । स्थापनाको करीव डेड वर्षमा सेवा घरले भक्तपुर जिल्ला भित्रका १५० जनालाई उद्दार गरि पारीवारिक स्नेह सहितको सेवा र ६० जनालाई पारिवारिक पुनर्मिलन समेत गराइसकेकी छ । ‘

प्रतिकृया