• ४ साउन २०८३, सोमबार
  • ७:४२ बेलुका

आज नागढुंगा नौबिसे सुरुङमार्ग ठेक्का सम्झौता हुने

प्रकाशित मिति

२०७६ आश्विन ६ गते, सोमबार १०:४७

बहुप्रतीक्षित नागढुंगा(नौबिसे सुरुङमार्ग निर्माणका लागि सरकारले आज सोमबार जापानी निर्माण कम्पनी हाज्मा(आन्द्रो जेभीसँग सम्झौता गर्दै छ। जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको यो सुरुङमार्ग हाज्मा(आन्द्रो जेभीले करिब १३ अर्ब रुपैयाँमा निर्माण गर्नेछ। नागढुंगा सुरुङमार्ग प्रमुख श्यामप्रसाद खरेलका अनुसार निर्माण कार्य भने मंसिरपछि सुरु हुनेछ। सुरुङमार्ग निर्माणको जिम्मा पाउने कम्पनीले ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माण सक्नुपर्नेछ।

आयोजनाले तोकेको सर्तअनुसार यो सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २।३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट ५ सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ।

Kamana Sewa

दहचोकदेखि(सिस्ने खोलासम्म सुरुङको लम्बाइ २।६८८ किलोमिटर चौडाइ ९।५ मिटर तथा उचाइ १८ मिटर हुनेछ। यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ। सडकको लम्बाइ ८ किमि कम हुनेछ। सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिनेछ।

Classic Tech Desktop

प्रतिकृया