• १९ भदौ २०८३, शुक्रबार
  • ९ः३५ राती

श्रीमातीद्वारा श्रीमानको हत्या

प्रकाशित मिति

२०७६ आश्विन ४ गते, शनिबार ११:४०

काठमाडौँ, श्रीमतीले परपुरूषसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छन । श्रीमानको हत्या अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।

बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा शव फेला परेपछि प्रहरीले हत्यामा सङ्लग्न रहेको अभियोगमा उनकै श्रीमती र अर्को एक पुरुषलाई नियन्त्रणमा लिएको हो ।

Kamana Sewa

मृतककी श्रीमती ३५ वर्षीया सरस्वती पोखरेल र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका पुरुष घटनामा सङ्लग्न रहे नरहेको अनुसन्धान भइरहेको भन्दै प्रहरीले उनको नाम भने गोप्य राखेको छ । पक्राउ परेकी सरस्वतीले आफूसहित ती पुरुष मिलेर श्रीमानको हत्या गरेको बयान दिएको र उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया