राजेशपायल राईको घरमा आगलागी हुँदा अवार्डहरुसहित प्रमाणपत्र जलेर नष्ट
प्रकाशित मिति
२०७६ भाद्र ३१ गते, मंगलवार ०५:१६
काठमाडौं, चर्चित गायक राजेशपायल राईको घरमा आगलागी भएको छ। बानेश्वरस्थित उहाँको घरमा सोमबार साँझ आगलागी भएको हो। आगलागीबाट मानवीय क्षति नभए पनि राईको अवार्डहरुसहित प्रमाणपत्रहरु जलेर नष्ट भएको छ। यतिबेला राई सांगीतिक कार्यक्रमको लागि विदेशमा रहनुभएको छ ।
सांगीतिक कार्यक्रममा विदेश पुगेका राईले यस्तो दुःखद घडीमा पनि घर आउन नसकेको भन्दै जलेको घरको फोटोसहित फेसबुकमा लामो स्टाटस लेख्नुभएको छ ।
राईले फेसबुकमा लेख्नु भएको स्टाटस ‘यो घडीमा अहिले घरमा आउन सकिनँ, सक्दिनँ पनि। मसँग पेशा छ, अनि बाध्यता पनि र आयोजकसँग अझै अमेरिका र क्यानडामा दुई महिनाको कार्यक्रमको एग्रिमेन्ट छ। तर यो परिस्थितिमा मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग नेपाल प्रहरी दमकल परिवारप्रति यहाँबाटै हार्दिक नमन।’
राईको दुःखमा महानायक राजेश हमालले पनि सहानुभूति व्यक्त गर्दे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्नु भएको छ । हमालले फेसबुकमा लेख्नु भएको स्टाटस , ‘सबैजना सजग रहनु, राजेश पायल राईजीको घरमा आगो लाग्यो। उहाँको सबै सम्मानपत्र जलेको छ। तर, उहाँको हिम्मत र हाम्रो दोस्ती कहिलै जल्दैन।’






प्रतिकृया