संविधान दिवसको अवसरमा हनुमन्ते अभियानद्धारा बृहत रक्तदान कार्यक्रम हुने
प्रकाशित मिति
२०७६ भाद्र ३१ गते, मंगलवार ०४:५३
भक्तपुर , हनुमन्ते नदि सफाई अभियानले डेंगु प्रकोपका कारण सृजित रगत अभावलाई न्यूनिकरण गर्न वृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।
बहुआयामिक तवरबाट भक्तपुर जिल्लामा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको यस हनुमन्ते अभियानले मानव स्वास्थ्य प्रति संवेदनशील बन्दै सो कार्यक्रम आयोजना गर्न लागेको अभियान उत्प्रेरक रुद्र पौडेल बताउनुभयो ।

हनुमन्ते नदि सफाई अभियानको सचिबालय सल्लाघारीमा सोमबार बसेको बैठकले संविधान दिवस २०७६ को अवसर पारेर प्रतिनिधि सभासदस्य माननीय महेश वस्नेतको प्रमुख आतिथ्यतामा आगामी आश्विन ४ गते शनिवार विहान ठिक ७ बजे गट्ठाघर चोकमा जम्मा भई दिउँसो २ बजे सम्म रक्तदान कार्यक्रम सहित संविधान दिवस मनाइने कार्यक्रम तय भएको पौडेलले बताउनुभयो ।

कार्यक्रम तयारी समितिका संयोजक एबम् हनुमन्ते नदी सफाई अभियानका अगुवा अभियन्ता नरेश रन्जितले निर्धारित कार्यक्रमका विच निःशुल्क आँखा जाँच तथा सुगर परिक्षण समेत गरिने छ । कार्यक्रमबाट झण्डै ५०० पाउण्ड रगत संकलन गर्ने लक्ष्य राखिएको
हनुमन्ते नदि सफाई अभियानका सह –संयोजक एबम् सुर्यबिनायक नगरपालिकाका उप प्रमुख जुना बस्नेतले खुल्ला रक्तदान कार्यक्रममा उपस्थितिका लागि आमसर्बसाधारणलाई अनुरोध गर्दै रगत अभाबका कारण सृजित बर्तमान अबस्थामा यस्ता कार्यक्रमले धेरैहदसम्म रगत संकलनमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रमा सम्पुर्ण प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा भक्तपुरको रहने हनुमन्ते नदि सफाई अभियानका अगुवा अभियन्ता एबम् नेपाल रेडक्रस सोसाइटि बालकोट उप शाखाका सभापति चन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा नागरिक सामुदायिक अस्पतालको सह–आयोजनाका हुन गइरहेको कार्यक्रममा विशेष सहकार्यमा पातञ्जल योग समिति नेपाल ,मानब कल्याण समाज भक्तपुर, हिशान,प्याब्सन, क्याप नेपाल,जीवन विज्ञान,वेभ ग्रुप,लायन्स क्लब, डिभाईन युथ क्लब, नेपाल रेडक्रस सोसाईटी ,कलकल ग्रुप लगायतका सामाजिक संस्थाहरु रहने संयोजक रन्जितले बताउनुभयो ।




प्रतिकृया