• ८ असोज २०८३, बिहीबार
  • ७ः५२ बेलुका

ज्यानमारा मुद्धामा फरार रहेका भक्तपुरबाट एक जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र ३१ गते, मंगलवार ०५:४५

भक्तपुर,ज्यानमारा मुद्धामा फरार रहेका भक्तपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका– १४ घर भई हाल भक्तपुर नगपालिका–१० कमलबिनायक बस्ने २० वर्षिय किशोर दुवाल रहेका छन् ।

National Life

सोमबार बिशेष सूचनाको आधारमा कर्तब्य ज्यान मुद्दामा सम्मानित जिल्ला अदालत भक्तपुरबाट मिति २०७४/११/२९ गते फैसला भई दुई बर्ष कैद सजाय तोकिई फरार रहेका थिए ।

दुवाललाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा मंगलबार डिल्लीबजार कारागार चलान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया