सामाजिक दायित्व सबैले लिएमा सरल तरिकाले डेंगुको नियन्त्रण गर्न सकिन्छ : सांसद बस्नेत
प्रकाशित मिति
२०७६ भाद्र ३० गते, सोमबार ०५:४६
भक्तपुर, हाम्रो प्रतिबद्दता नगर विकासमा सामुहिक सहभागिता मुल नाराको साथ कमेरोटार नगर बिकास संयोजन समाज , मध्यपुर थिमि वडा नं ५ भक्तपुरद्वारा डेंगु नियन्त्रण कार्यक्रममा संचालनमा ल्याएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै डेंगु नियन्त्रण र सामाजिक दायित्व सबैले लिनु पर्ने र सरल तरिकाले पनि डेंगुको नियन्त्रण गर्न सकिने बताउनु भयो ।किटनासक औषधि छर्ने मेसिनमा २० लिटर पानिमा ,१ लिटर मट्टीतेल , आधा लिटर फिनेल राखेर मिक्स गरि टोलमा सबैले छर्किन उहाँले अनुरोध गर्नुभयो। साथै आफैंले छर्केर यो सरल–सहज प्रबिधिको समुद्घाटन समेत गर्नुभयो ।

कार्यक्रममा ६ ओटा टोल सुधार समितिहरूलाई सांसद बस्नेतले डेंगु नियन्त्रणका लागि मट्टीतेल , फिनेल र मेसिन पनि बितरण गर्नु भएको थियो । सो क्षेत्रमा आज बिहानै देखि सबै ठाउँमा यो प्रबिधिको औषधि छर्किने काम पनि सम्पन्न भइसकेको छ ।कार्यक्रममा हनुमन्ते नदी सफाई अभियानको तर्फबाट बरिस्ठ निर्देशक मदन घिमिरेले कार्यक्रमका लागि १ दिनको छोटो समयाअबधि भित्र संयोजन गरि सहयोग पुर्याउनु भएको थियो ।

उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उप– प्रमुख अन्जनादेवी मध्यकर्मी , कमेरोटार नगर बिकास संयोजन समाजका अध्यक्ष श्री खड्का , बिध्यानगर टोल बिकास संस्था, आडामस ठिमी ,गाँखु कमेरोटार टोल बिकास संस्था , विश्र्वेश्वर टोल बिकास संस्था, कैलास वार्चा टोल बिकास समिति र कमेरोटार बिकास संयोजन समाजका अध्यक्ष,नेपाल प्रहरी लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।




प्रतिकृया