लामो संघर्षबाट प्राप्त भएको उपलव्धिलाई कलिलो मै मार्न खोजेको अध्यक्ष दाहालको आरोप
प्रकाशित मिति
२०७६ भाद्र ३० गते, सोमबार ११:५०
काठमाण्डौ, सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही युवाहरुले सात दशक लामो संघर्षबाट प्राप्त भएको उपलव्धिलाई कलिलो मै मार्न खोजेको आरोप लगाउनु भएको छ ।
पूर्व माओवादी नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘युवा विद्यार्थीहरुले केही त्यस्ता अराजक तत्व जसले जनतामा भ्रम सिर्जना गर्न खोजेका छन्, हत्केलाले सूर्य छेक्न खोज्या जस्तो दुस्साहस गरेका छन्,’ भन्दै भन्नुभयो ‘यस्ता तत्वहरुसँग सतर्क रहन र त्यसको प्रतिवाद गर्न विशेष अपिल गर्छु ।’
विरोधीहरु उपलव्धिलाई समाप्त पार्न लागेकाले परिवर्तनको रक्षा र सुदृढ गर्ने संकल्प आवश्यक भएको उहाँले बताउँदै भन्नुभयो ‘यो परिवर्तन सात दशक लामो संघर्षबाट प्राप्त भएको छ यो भरखरको बच्चा वा कलिलो जस्तो छ । यसका विरोधीले कलिलो मै यसलाई मार्न र निमोठ्न सकिन्छ कि भनेर लागेका छन्’






प्रतिकृया