• ३१ भदौ २०८३, बुधबार
  • ८ः२१ बिहान

पाँच लाखका लागि लखेटेर हत्या

प्रकाशित मिति

२०७६ भाद्र ३० गते, सोमबार ०६:३०

दुईजनाको समूहमा रहेका अज्ञात लुटेराले आइतबार दिउँसो दुई बजेतिर ओमसतिया –५ पट्खौलीका ३५ वर्षीय मेहन्द्र कुर्मीको हत्या गर्नुको साथै उनको साथमा रहेको पाँच लाख रुपैयाँ लुटी लगेका छन् । भैरहवास्थित हिमालयन बैंकबाट रकम निकालेर पत्नी विजयलक्ष्मी र काखको बच्चासहित मोटरसाइकलमा घरतर्फ गइरहेका कुर्मीलाई लुटेराले रोहिणी गाउँपालिका–३ रोहिणी खोलानजिक गोली हानी हत्या गर्नुका साथै रकम लुटी फरार भएका थिए ।

National Life

पछ्याउँदै मोटरसाइकलमा आएका, मुखमा कपडा बेरेका दुईजनाले गुडिरहेको मोटरसाइकल नजिक ल्याई पछाडि बस्नेले सर्ट तानेर कुर्मीको मोटरसाइकल लडाएका थिए र उनीहरु लडेपछि आफ्नो मोटरसाइकल रोकी गोली हानेको मृतककी पत्नीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
(मोहम्मद हबिब)
नागरिक दैनिकबाट साभार

प्रतिकृया