• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

दल दर्ताका लागि नेकपाद्धारा निर्वाचन आयोगमा निवेदन दर्ता

प्रकाशित मिति

२०७६ भाद्र २६ गते, बिहीबार ०१:१८

काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ ।
बिहीबार बिहान नेकपाले आगामी मंसिर १४ का लागि तय भएको उपनिर्वाचनका लागि आयोगमा दल दर्ताको निवेदन दिएको हो ।

दल दर्ताका लागि नेकपा नेता खिमलाल देवकोटालगायत नेता बिहीबार बिहान आयोग पुगेका थिए । दर्ता निवेदनउपर अब आयोगले आवश्यक कारबाही गरेर दल दर्ता गर्नेछ । विभिन्न कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

Kamana Sewa

प्रतिकृया