• १९ भदौ २०८३, शुक्रबार
  • ८ः३६ राती

डेङ्गी रोग : लक्षण र बच्ने उपाय

प्रकाशित मिति

२०७६ भाद्र २४ गते, मंगलवार ०८:२१

एडिस एजेप्टाइ र ए.ई. अल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट भाइरसको संक्रमण भई सर्ने डेंगी रोग अहिले प्रकोपको रुपमा देखिएको छ। यो रोगको संक्रमण ४८ जिल्लामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत १ साउनदेखि २२ भदौसम्म डेंगी संक्रमितको संख्या ३ हजार ८९९ पुगेको छ। यो अवधिमा डेंगीका कारण ६ जनाको मृत्यु भइसकेको छ। अहिलेको प्रमुख स्वास्थ्य समस्या भएकाले विशेष सतर्कता आवश्यक देखिएको छ।

चिकित्सकहरुका अनुसार वर्षातको समयमा यो रोग बढी देखा पर्छ। सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धिविकास हुन्छ र डेंगीको भाइरस फैलाउने लामखुट्टेका लागि भने २२ देखि ३४ डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ। यो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ।

Kamana Sewa

त्यस्तो लामखुट्टेले टोकेमा डेंगी संक्रमण भएको कसरी थाहा पाउने रु

Classic Tech Desktop

लक्षणहरु

– ज्वरो आउने
– टाउको दुख्ने
– आँखाका गेडा दुख्ने
– मांसपेशी तथा जोर्नी दुख्ने
– शरीरमा डाबर आउने
– खानामा अरुचि हुने
– पेट गडबडी हुने।

जोगिने उपाय

– पूरै शरीर ढाकिने कपडा लगाउने
– झुल लगाएर सुत्ने
-घर वरपर सफा राख्ने
-खाल्डाखुल्डी तथा फालिएका भाँडाकुँडामा पानी जम्न नदिने
-पानी ट्याङ्की, ड्रम, गाग्री, बाल्टिन आदि सधैं छोपेर राख्ने।

प्रतिकृया