• २५ भदौ २०८३, बिहीबार
  • ५ः३९ बेलुका

कागेश्वरीको मेला तीन दिनसम्म मनाइने

प्रकाशित मिति

२०७६ भाद्र १६ गते, सोमबार ११:१५

काठमाडौं, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ को गागफेदी स्थित ऐतिहासिक कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमीका दिन लाग्ने ऐतिहासिक मेलामा तीनसम्म विविध कार्यक्रम सञ्चालन हुने भएको छ । भद्रा शुल्क अष्टमी अर्थात भदौ २० गते (कागेअष्टमी) का दिन लाग्ने बिशेष मेलाका लागि भदौ १९, २० र २१ गतेसम्म बिशेष कार्यक्रम सञ्चालन हुने भएको हो ।

National Life

भदौ १९ गते कागेश्वरी मन्दिरको महत्वका बारेमा कवि गोष्ठि गरी साहित्यक कार्यक्रम सञ्चालन गर्ने, २० गते कागेअष्टमीका दिन सँस्कृति पर्यटन तथा नागरिक उड्यमन्त्री योगेश भट्राईको प्रमुख आतिथ्यतामा कागेश्वरी महादेव मन्दिर मेलाको उद्घाटन गर्ने र २१ गते मन्दिरको सरसफाइ गरिने कार्यतालिका रहेको कागेश्वरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष एवं मेला मूल आयोजक समितिका संयोजक मकुन्द गजुरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभभयो “तीनै दिन मन्दिरको महत्वका विषयमा धािर्मक प्रवचन र माहत्म्य हुन्छ यसले कागेश्वरी मन्दिरको महत्व अझै प्रष्ट पार्छ ।”

उहाँका अनुसार काठमाडौंको उत्तर पूर्वमा रहेको कागेश्वरी महादेव मन्दिरमा तीनदिनसम्म चल्ने मेलामा करिब एक लाख ५० हजार धार्मिक पर्यटकले मन्दिरको दर्शन गर्ने अनुमान गरिएको छ । किंवदन्ती अनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसै बेलादेखि हरेक वर्ष कागेअष्टमीका दिन यहाँ मेला लाग्दै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सत्ययुगमा सेतीदेवीको अङ्ग पतन भएर कागेश्वरी महादेवको शिवलिङ्ग उत्पन्न भएको हो । अहिले धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले दुई किलो अष्टधातुको कागको मूर्ति स्थापना गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख एवं कार्यक्रम आयोजक मूल व्यवस्थापन समितिका संरक्षक कृष्णहरी थापाले नगरपालिकाको पहिचानसँग जोडिएको कागेश्वरी महादेव मन्दिरमा १९ देखि २१ गतेसम्म विशेष कार्यक्रम सञ्चालन हुने बताउनुभयो । उहाँले नगरपालिकाको नामै कागेश्वरी मन्दिरको नामबाट रहेकाले नगरपालिकाले मन्दिरलाई धार्मिक पर्यटकीय तिर्थस्थलको रुपमा विकास गर्न लागेको जानकारी दिनुभयो ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नंं १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिर परिसर पुग्दा जोकोहीको पनि मन आन्नदित हुन्छ ।
कागेश्वरी महादेवको मन्दिरमुनि र माथि रहेको छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउने गरेको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित यस क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको संख्या बढदै गएको छ । नगरपालिका वडा नं. १ का सदस्य दलबहादुर तामाङ्ले कागेअष्टमीका दिन मन्दिरमा मेला भर्नाका लागि सबैलाई आग्रह गर्नुभयो ।

प्रतिकृया