तीजको उपलक्ष्यमा नेपाली चेलीको उपहार गणतन्त्र प्रेमी नेपालीलाई ‘भ्रष्टाचार निवारण गर्ने उपाय’
प्रकाशित मिति
२०७६ भाद्र १६ गते, सोमबार ११:२९
रीना भट्टा
गणतन्त्र र यसका चुनौती हरूलाई जनताले भन्दा राजनीतिक दलका नेताहरू ले बुझ्नुपर्छ। जबसम्म नेता बर्गमा यो बिषयमा ध्यान जाँदैन तब सम्म नेपाल र नेपाली माटोमा गणतन्त्रको भविष्यनै संकटमा परेको अबस्था देखिदैछ । पछिल्लो समय देखि राजनीतिक दलका नेताहरू बिच आपसी द्वन्द्व, कुसँस्कार, पदको लालच, शिर्ष नेताहरू बिच आपसी प्रतिस्पर्धा, पदको दुरुपयोग, भ्रष्टाचारिताले गर्दा हामी नेपालीले पाएकों ‘गणतन्त्र’ जस्मा हाम्रो अधिकार सुरक्षित हुन्छ ।

साधारण भन्दा साधारण जनताका भविष्यका संतती राष्ट्रपति जस्तो गरिमामय पदमा दाबेदार हुन् सक्छन् , जसमा नेपाली जनतालाई समानता र स्वतन्त्रता प्रदान गर्दै कसैको अधिनमा बस्न नपर्ने र मौलिक हकको ब्यबस्था गरि नेपाली जनतालाई आफ्नो अधिकारलाई प्रयोग गर्न हिचकिचाहट गर्नु नपर्ने ब्यबस्था हुन्छ तर ती सम्पूर्ण कुराहरु प्राप्त नभएको झोक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूले कुनै एकको आत्महत्या प्रकरणमा देखाइएका थिए साँच्चै भन्ने हो भने यो जनमत कसैको पक्षमा भन्दा पनि सरकारको बिरोध र सरकार प्रतिको असन्तुष्टि नै थियो ।

गणतन्त्र ब्यबस्था प्राप्त गर्नु भनेको सबैभन्दा ठूलो गर्वको कुरा हो तर गणतन्त्रले के दियो त भनेर नेतृत्व प्रतिको असन्तुष्ट गणतन्त्रप्रतिको असन्तुष्टमा परिणत भयो। प्रत्येक नेपाली जनताको लागि स्वर्णयुगको प्रारम्भ भनेकै गणतन्त्रको प्रारम्भ हो । बिश्वको कुनै पनि राष्ट्रमा गणतन्त्रको स्थापना भएको लगतै परिवर्तन देखिन्दैन वा चमत्कार नै भएको देखिन्दैन। बलियो राजतन्त्रात्मक मूलुक फ्रान्समा समेत पाँचौ गणतन्त्र पछि बल्ल शान्ति स्थापना भएको हो। यो एउटा यस्तो पद्धति हो जसमा जनताको अधिकार स्थापित भै सुनीस्चित नै हुन्छ । आम नेपालीको स्वतन्त्रता को यात्रालाई यसले धेरै सहज बनाएको छ जसमा दुई मत नै छैन।
गणतन्त्र निरन्तर अभ्यास बाट बलियो हुदै जाने हो। लोकतान्त्रिक मुल्य र मान्यतालाइ कायम राख्न गणतन्त्र चाहिन्छ चाहिन्छ। लोकतन्त्रको चुनौती र गणतन्त्रको चुनौती एउटै हो। प्रजातन्त्र लोकतन्त्र र गणतन्त्र एकअर्काका पर्यायवाची हो। लोकतन्त्र र गणतन्त्र एक रथको दुई पाङ्ग्रा हो। नेपाली जनता लोकतन्त्ररहित भएर अब बस्न सक्दैन। लोकतन्त्र सहितको गणतन्त्र नेपालको आबस्यक्ता हो जसलाई नेपाली जनताले तत्कालीन पदमा आसिन ब्यक्तीको ब्यबहार र शासन गराइलाई आकलन गरेर गणतन्त्र नै धरापमा राख्नु भने कदापि उचित हुँदैन। हाम्रो देशको संविधान 2072 ले सार्वभौम सत्ता सम्पन्न हामी नेपालीको लोकतान्त्रिक गणतन्त्र राज्य नेपाल हो भन्ने कुरालाई संबिघानको प्रस्तावनामा राखेको छ जसले के भन्छ भने नेपालमा ‘नेपाली जनता भन्दा ठूला कोही छैनन् । ’
यो अर्थमा नेपालका जनतानै सर्ब शक्तिमान हो जसले कानुन आफैले आफ्नो लागि बनाउछ र पालना गराउनको लागि आफ्नो प्रतिनिधिहरू चुनेर संसद र मन्त्री परिषद मा पठाउछ तर ती जननिर्बाचित प्रतिनिधिले जनताको हितको लागि भन्दा पनि आफ्नो हितको मात्र काम गर्दछ भने त्यस्तो प्रतिनिधिलाई जनताले आफै सजाय दिने वा फिर्ता पठाउने ब्यबस्था जबसम्म नेपालमा हुँदैन तब सम्म नेपालमा गणतन्त्र स्थापना भएको भएता पनि त्यसको प्रभाव र स्थायित्व भेट्टाउन नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई मुस्किल पर्छ तसर्थ अब हामी त्यस्तो अभियानमा लागौ जुन अभियानमा हामीले निम्न कुराहरू पाउने छौ।
(१) के हामी हाम्रो सरकार प्रमुख राष्ट्रपति वा प्रधानमन्त्री स्वच्छ छवि भएकालाई प्रत्यक्ष हामीले नै भोट हालेर चुनेर पठाउन चाहन्छौ?
(२) जनतामा देशको सर्वोच्च शक्ति निर्धारण भएकोले संसदमा कानुन बनाउनको लागि जनप्रतिनिधिको छनोट हामी आफैले गर्नु पर्ने हुन्छ तसर्थ दललाई मन परेको ब्यक्ती तर जनताले नमन पराएको ब्यक्ती यदि हाम्रो प्रतिनिधित्व गर्न चाहन्छ भने उसलाई हामीले Reject गर्न सक्ने र दलले नयाँ स्वच्छ छबीको प्रतिनिधि पठाउनु पर्ने ब्यबस्था चाहनुहुन्छ ?
(३) जनप्रतिनिधिहरू संसदको सदस्य मात्र हुने तर मन्त्रिपरिषदको सदस्य हुन नपाउने ब्यबस्था चाहनु हुन्छ ?
(४) जनताले चुनेका जनप्रतिनिधिहरू चाहे ऊ , राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सदस्य (मन्त्रिहरू)ले जनईच्छा बिपरित काम गर्ने, भ्रष्टाचार गर्ने र त्यसलाई नियन्त्रण गर्न नसक्नेलाइ सो पदमा बसिरहन अयोग्य ठहर गर्दै फिर्ता बोलाउन चाहनुहुन्छ ? वा अमेरिकामा जस्तो Recall प्रत्याबहन चाहनु हुन्छ ?
(५) न्यायपालिका का प्रधान न्यायाधीश र न्याय धिसले, सेना र प्रहरीको उच्च नेतृत्वले, अख्तियार दुरुपयोग अनुसन्धान आयोग को प्रमुख र सदस्य हरुले, मुख्य सचिव र सचिव हरूले, निजामती कर्मचारी हरूले आफ्नो पदको दुरुपयोग भएको प्रमाणित भएमा सो पदबाट फिर्ता बोलाई सजाय दिन चाहनुहुन्छ ?
यदि चाहनुहुन्छ भने यि सबै ब्यबस्था हामीले लागु गर्न सक्यौ भने राष्ट्रपति र प्रधानमन्त्री ले जनईच्छा बिपरित काम गर्न सक्दैनन् र भ्रष्टाचार निवारण गर्न सजिलो हुन्छ। त्यसैगरि चुनावमा भाग लिने जनप्रतिनिधिलाई नी जनताले छान्न पाउनै पर्छ यदि चोर फटाहा र भ्रष्टलाई जनताले रिजेक्ट गरे भने पदको बेचबिखन हुन पाउदैन। यति मात्र नभएर चुनावबाट जितेर आएका जनप्रतिनिधिले जनताको हितको लागि कानुनबनाऊन सकेनन् भने पनि यिनीहरूलाई फिर्ता बोलाउन सकिन्छ र सांसदहरू मन्त्री हुन पाएनन् भने चुनाव जित्न पैसाको ठूलो चलखेल हुन पाउदैन जसले भ्रष्टाचार निवारण गर्न मद्दत गर्छ ।
संबैधानिक निकायका पदाधिकारी र कर्मचारी तन्त्र का पदाधिकारीलाई नी यदि Recall को ब्यबस्था भयो भने मात्र भ्रष्टाचार नियन्त्रण हुन्छअन्यथा अत्यन्त कठिन छ। यी सबै कुरा यदि देशमा भयो भने अनि बल्ल नेपाल र नेपाली जनताले गणतन्त्रको घोषणा सफल भएको मान्नेछन् अन्यथा गणतन्त्र घोषणा असफल मात्र होइन फेरि राजतन्त्र को निरङ्कुशता मा नेपाली रहन बाध्य हुनुपर्ने छ तसर्थ आजै बाट यो अभियानमा जनता लागौ र गणतन्त्र लाई मास्न खोज्नेलाई चिनौ ।
तीजको अवसरमा नेपाली महिला दिदी बहिनीहरूलाई शुभकामना यो बिषयमा गहिरिएर बिचार गर्न आग्रह गर्दै समस्त नेपाल र नेपालीको हितका लागि पशुपति नाथसंग कामना गर्दछु।
लेखिका पाटना संयुक्त क्याम्पसमा राजनीति शास्त्र अध्यापन गराउनु हुन्छ




प्रतिकृया