• ४ साउन २०८३, सोमबार
  • ३:३० बिहान

कसरी अन्त हुन्छ कोटेश्वर जडीबुटीकोे जाम ?

प्रकाशित मिति

२०७६ भाद्र १४ गते, शनिबार ०४:२७

कृष्ण जी खड्का

उपत्यकामा दिन प्रतिदिन थपिदै गएको सवारी संख्याको कारण अत्याधिक जामको समस्या भोग्न परिरहेको छ । हरेक चोकहरुमा कम्तिमा १५ मिनेट देखी ३० मिनेट अझै त्यो भन्दा बढि कुर्नु पर्ने अबस्था छ । घरबाट निस्कदा नै सवारी जामको लागी छुट्टै समय थप गरि निस्कनु पर्ने बाध्यता छ । उपत्यकाको सवै चोकहरुको तुलनामा कोटश्वर जडिबुटी सबै भन्दा लामो समय जाम हुने स्थानमा पर्छ । यहां त घन्टौं जाममा पनी पर्न सक्ने अवस्था रहन्छ । पक्कै पनि सडक चौडा छ ।

Kamana Sewa

व्यवस्थापकीय कमजोरीको कारण स्कुल, कलेज, कार्यालय जानेहरु मर्कामा परिरहेका छन । सवै भन्दा सकस इमरजेन्सी विरामी बोकेको एम्वुलेन्स र विरामिको परिवारलाई परेको छ । जामका कारण बाटोमा नै विरामी केहि हुने हो की भन्ने सधैं सन्त्रासको बाताबरण छ ।कोटेश्वरको जाम कम गर्ने उपायको बारेमा दैनिक जसो उच्च ओहोदाका मन्त्री, सांसद, सरकारी कर्मचारी, दातृ निकाय सवैले चासो व्यक्त गरेका छन । मिडिया कर्मीहरुले पनी जामको बारेमा समाचार प्रसारण गरेर आफ्नो धर्म निर्वाह गरेका छन तर परिणाम सुन्य छ ।

Classic Tech Desktop

कसैको भनाई जडिबुटी देखी बालकुमारी सम्म अन्डर पास बनाए समाधान हुन्छ भन्ने छ भने कसैको ओभरपास बनाए समाधान हुन्छ भन्ने छ । अर्को तर्फ अन्डरपास बनाउनलाई बाटोको चौडाई कमि भएको कारण थप घरहरु क्षतीपुर्ती दिएर हटाउदा मात्र समाधान निस्कन्छ भन्ने छ । ओभर पास बनाउन एयरपोर्टको कारण समस्या आउछ भन्ने तर्क पनी यथावत छ । जापानी सहयोग निकाय जाइकाले बनाउने नबनाए सरकारकै खर्चमा बनाउने भन्ने हल्ला पनी चर्को नै छ । कसरी बन्ने, कहिले बन्ने, कस्ले बनाउने निर्क्यौल नहुंदा अझै धेरै बर्ष जामको जटिल समस्या यो सडक प्रयोग गर्ने सबैले ब्योहोर्नु पर्ने अवस्था छ ।

उपाय के त ?

अहिलेको समस्या भनेको तिनकने कोटश्वर हुदै बालकुमारी जाने सवारी साधन र पेप्सीकोला जडिबुटी हुदै कोटश्वर तर्फ जाने सवारी नै अहिलेको जामको प्रमुख कारण हो । जुनसुकै निकायले बनाए पनी जडीबुटी कोटश्वर खण्ड अन्डर पास वा ओभर पास तत्काल बनाउदा राहत पाउने पहिलो उपाय हो । तर यो कहिले बन्छ भन्न सक्ने अवस्थामा छैन बन्दा पनि तिनकुने कोटश्वरबाट बालकुमारी तर्फ र बालकुमारीबाट कोटेश्वर हुंदै जडिबुटी तर्फ जाने सवारी साधन एकै पटक पास गराउन कस्तो प्रकारको अन्डर पास वा ओभरपास बनाउने कहिले सम्म बन्ने वा बन्दै नबन्ने हो भन्ने अन्यौल कायम नै छ ।

तत्काल कोटेश्वर जडीबुटी खण्डको जाम कम गर्ने एउटा मात्र उपाय हो मनोहरा करिडोर । मनोहरा करिडोर तत्काल निर्माण गरेर मनोहरा र हनुमन्ते खोलाको दोभान वा आसपासमा पुल वा बैकल्पीक व्यवस्था गरेर सवारी साधनलाई यस प्रकार सञ्चालन गर्न सके जाम घट्ने पक्का पक्की छ स्

१) कोटेश्वरबाट बालकुमारी तर्फ जाने सवारी साधनलाई जडीबुटी प्रसोधन केन्द्र पछाडी बाट बाटो निर्माण गरि जडीबुटी मनोहरा खोला पुलबाट अन्डर पास गरेर मनोहरा करिडोर हुदै बालकुमारी पुलबाट रिङ्गरोड तर्फ पास गर्ने ।

२) भक्तपुरबाट काठमाण्डौ तर्फ आउने सवारी साधनलाई जडिबुटी मनोहरा खोला पुलमा रोकी मनोहरा करिडोर हुदै बालकुमारी पुलबाट अन्डरपास गरि कोटेश्वर वा ललीतपुर तर्फ पास गर्ने ।

३) पेप्सीकोला बाट जडीबुटी कोटेस्वर तर्फ जाने सवारी साधनलाई पनी जडीबुटी मनोहरा खोला पुल बाट अन्डरपास गरि बालकुमारी पुल हुदै ललीतपुर तर्फ वा काठमाण्डौ कोटेस्वर तर्फ पास गर्ने ।

माथी उल्लेखीत बुंदाहरुमा कोटेश्वरबाट बालकुमारी तर्फ जाने सवारी साधन जडीबुटी मनोहरा खोला पुलबाट अन्डरपास गर्दा, भक्तपुरबाट काठमाण्डौ वा ललीतपुर तर्फ जाने सवारी साधन मनोहरा करीडोर हुदै बालकुमारी पुलबाट पास गर्दा र पेप्सीकोलाबाट जडीबुटी हुंदै कोटेश्वर जाने सवारी साधन मनोेहरा खोला पुलबाट अन्डर पास गरि मनोहरा करीडोर हुंदै बालकुमारी पुलबाट ललीतपुर वा काठमाण्डौ कोटेश्वर तर्फ पास गर्ने हो भने सदाका लागी कोटेश्वर जडीबुटी खण्डको सवारी जाम अन्त हुने देखिन्छ ।

भक्तपुरबाट कोटेश्वर तर्फ आउने सवारी साधन मनोहरा खोला पुलबाट करिडोर पठाउंदा र पेप्सीकोला बाट जडीबुटी तर्फ आउने सवारी साधन मनोहरा खोला पुल बाट मनोहरा करिडोर तर्फ अन्डर पास गर्दा पुलदेखी कोटेश्वर सम्मको दक्षिण तर्फको लेन खाली हुने हुंदा ललीतपुर तर्फबाट कोटेश्वर भक्तपुर जाने सवारी साधन निर्वाध चल्न पाउछन ।

एउटा सवाल जरुर उठ्न सक्छ सवारी साधन घुम्न मान्छन त रु भन्ने १ अवस्य मान्छन । घन्टौं जाममा बस्ने सकस झेल्नु भन्दा ५ मिनेट घुम्नुनै सवै भन्दा उत्तम उपाय हो । गर्नु पर्ने धेरै ठुलो कुरा केही छैन । मनोहरा करिडोर जडीबुटी देखी बालकुमारी पुल सम्म जांगर चलाए तत्काल बन्ने अवस्थामा छ । खोलाको दांया बांया दुई लेन मात्र हुंदा पनि चार लेनको सडक बन्छ ।

काठमाण्डौ, भक्तपुर र ललीतपुरको सिमानामा पर्ने तिनै निर्वाचन क्षेत्रका सवै तहका निर्वाचित साथै पराजीत सवै तहका जनप्रतिनिधिले इच्छा मात्र देखाए पुग्छ तत्काल समाधान हुन्छ । अन्यथा अझ कति बर्ष यो समस्या झेल्नु पर्ने हो सहजताको मिति तोक्न कठीन छ ।

लेखक नेपाल तरुणदल काठमाण्डौका अध्यक्ष हुनुहुन्छ ।

प्रतिकृया