मोती जयन्तीको अवसरमा वागीश्वरीमा गजल गोष्ठी
प्रकाशित मिति
२०७६ भाद्र १४ गते, शनिबार ०४:१४
भक्तपुर, नेपाली साहित्यकामुर्धन्य स्रष्टा एवं युवाकवि मोतीराम भट्टको १०५ औं जन्मजयन्तीको अवसरमा भक्तपुरमा गजलगोष्ठी भएको छ । भक्तपुरको च्याम्हसिँह स्थित वागीश्वरी माध्यमिक विद्यालय र कलेजले युवाकवि भट्टको सम्झनामा शुक्रबार गजलगोष्ठी गरेको हो ।
नयाँतथा पुराना पुस्ताका साहित्यिक स्रष्टाहरुको जमघट गराई साहित्य प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यका साथविगत ११ वर्षदेखि गर्दै आएको गोष्ठीलाई यो वर्ष पनि निरन्तरता दिएको कलेजले जनाएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका शिक्षक हरिप्रसाद बास्तोलाले युवा कवि मोतीराम भट्टको संक्षिप्त जीवनी प्रस्तुतगर्दै उनको साहित्यिक योगदानबारे चर्चा गरेकाथिए ।
उनले युवा कवि मोतीराम भट्टको योगदानलाई कहिल्यै पनि बिर्सन नहुने उल्लेख गर्दै मोतीराम भट्टको कारण नेपालमागजलको विकास भएको पनि बताए ।
गोष्ठीमा विद्यालयकाविद्यार्थीहरु कृष्मातामाङ, राजकुमार तामाङ, निमा लामा लगायतका १० जना विद्यार्थीहरुले विभिन्न विषयमा रचिएका गजलहरु वाचन गरेका थिए ।
उनीहरुले आफूले भोगिरहेको वर्तमान समयको चित्रण गर्दै अहिले भइरहेको विकृति, विसंगतिले आफूहरुलाई निराशबनाएको भाव गजल मार्फत् प्रस्तुत गरेका थिए । कक्षा ११र १२ को ऐच्छिक नेपाली विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले आफूले रचेका रचनाहरु वाचनगर्दै विद्यालयले गरेको गोष्ठीले प्रतिभा प्रस्फुटनको मञ्च तयार भएको बताएका थिए । उनीहरुले गजल मार्फत् आफ्नो मनकाभावहरु प्रस्तुतगर्दै श्रृङ्गार रसतथा देशप्रेमले भरिएका मात्र नभएर देश र समाजप्रतिको आफ्नो भूमिकाबारेमा पनि गजल वाचन गरेका थिए ।
कार्यक्रममा स्रष्टाहरु कविराज तामाङ, ईश्वर थोकर, श्याममा कजू, राष्ट्र पुकार, दिल कुमार बाला, काशीराम विरस लगायतले विभिन्न विषयलाई प्राथमिकतामा राखी रचना गरेका गजलहरु वाचन गरेकाथिए ।
कार्यक्रममा चाँगुनारायण साहित्यिक समाजकाअध्यक्ष लालबहादुर भुजेल, चाँगुनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक दधिराम गेलाल, नेपाली विषय शिक्षक रवीन्द्र न्हेमाफूकी, सञ्चारकर्मीहरु जितेन्द्र रसिक, हरिसुन्दर छुकां लगायतले देश, काल परिस्थितिले सिर्जना गरेका प्रसंगका गजल वाचन गरेका थिए । उनीहरुले नेपालमा रोजगारको अभावमा विदेश जान बाध्ययुवाहरु रतिनीहरुले भोगिरहेको दुःखबारे गजलवाचन गरेकाथिए ।
यति मात्र नभएर उनीहरुले मोती जयन्तीको साथसाथै कुशे औंशीअर्थात् बुबाको सम्मान गर्ने दिवसको अवसरमा रचित गजलहरु पनि वाचन गरेका थिए ।
गोष्ठीमा गायक कमल रिजालले तबला बादक श्याम सुन्दर कायस्थ र गिटारिष्ट सुप्रिय थापाको सहयोगमा गजल गाएकाथिए । कार्यक्रममा नव गजल गायक रुसिस त्रिपाठीले पनि गजल गाएका थिए ।
कार्यक्रममा विद्यालयको कक्षा ९ माअध्ययनरत विद्यार्थी आशिका ढकालले शार्दुलविक्रीदित छन्दमा रचित कविता वाचन गरेकी थिइन् ।शिक्षक तथा स्रष्टा चन्द्रप्रसाद ढकालले सञ्चालन गरेको उक्त कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक ज्ञान सागर प्रजापतिको सभापतित्वमा भएको थियो । सो अवसरमा सहायक प्रधानाध्यापक प्रजापतिले गजलगोष्ठी गर्नुको औचित्यबारे चर्चा गरेकाथिए ।









प्रतिकृया