• १६ भदौ २०८३, बुधबार
  • ८ः४० राती

डेंगुविरुद्ध भक्तपुरमा जनचेतनामूलक ¥याली

प्रकाशित मिति

२०७६ भाद्र १४ गते, शनिबार ०३:४५

भक्तपुर, नेपाल स्काउट भक्तपुरले शनिबार भक्तपुरमा डेंगु रोगविरुद्ध जनचेतनामूलक ¥याली गरेको छ । स्थानीय तदर्थ परिषद् भक्तपुर नगरपालिका भक्तपुरको सहयोगमा याली गरेको हो ।

याली दतात्रयबाट सुरु भएको थियो । यालीले भक्तपुर नगर परिक्रमा गरेको थियो । नगर परिक्रमा गरी याली जिल्ला स्काउटको कार्यालय दरवार क्षेत्रमा पुगेर टुंगिएको थियो । ¥याली दतात्रयबाट इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, गहिटी, बंशगोपाल, भार्वाचो, खौमा, दरवारक्षेत्र हुँंदै जिल्ला स्काउट कार्यालय पुगेको थियो । ¥यालीमा सहभागी विद्यार्थीले डेंगु रोगविरुद्ध विभिन्न जनचेतनामूलक प्ले कार्ड बोकेका थिए । साथै उनीहरु विभिन्न पर्चाहरु पनि वितरण गरेका थिए । यालीमा विभिन्न स्कुलका सयौं स्काउटहरु सहभागी रहेका थिए ।

Kamana Sewa

समापन कार्यक्रममा नेपाल स्काउट भक्तपुरका आयुक्त रामगोपाल कर्माचार्यले डेंगु रोगविरुद्ध जनचेतना फैलाउन याली गरेको जनाए । भक्तपुरमा पनि डेंगु रोग देखिएको चर्चा गर्दै उनले स्काउटरहरुकोतर्फबाट जनचेतनामूलक कार्यक्रम गरेको जनाए । उनले भविष्यमा रोभररेन्जरहरुलाई यसबारे सचेत पारी भक्तपुरका घरघरमा पुगेर सचेतना जगाउने योजना रहेको सुनाए । कार्यक्रममा भक्तपुर स्काउटका पूर्व आयुक्त भक्त राजभण्डारीले रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु भने जस्तै यसबारे समयमै सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।

Classic Tech Desktop

डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुटेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । एक्कासी उच्च ज्वरो आउनु यसको मुख्य लक्षण हो । यसका साथै आँंखाको गेडा तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरीर कटकटी दुख्ने, शरीरमा विभिन्न विमिरा आउने र रक्तश्राप हुनेलगायतका यसका लक्षणहरु हुन् ।

प्रतिकृया