• १ असोज २०८३, बिहीबार
  • ५ः४७ बेलुका

भक्तपुर नगरपालिकाले गरेको भ्रष्टाचार छानविन गरी कारवाही होस् : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ भाद्र १२ गते, बिहीबार ०४:५६

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर नगरपालिकाले जवरजस्त रुपमा गरेको भ्रष्टाचारको तत्काल छानविन गरी कारवाही अघि बढाउन र सर्वोच्च अदालतले भक्तपुर क्यान्सर अस्पतालको बारेमा दिएको स्टे अर्डको शतप्रतिशत कार्यान्वयन गर्दै अदालतलाई अपमानित गर्ने कार्य तत्काल बन्द गर्न माग गर्नुभएको छ ।

National Life

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेले गत साउन ३० गते भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पतालमा आफै व्यवस्थापन समिति गठन गरी हस्तक्षेप गरेको र त्यसको विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको जसमा भदौ १० गते स्टे अर्डर जारी गरेर नगरपालिकाको उक्त काम अबैध भएको र तत्काललाई निरन्तरता नदिनु भनि निर्देशन दिएको जानकारी गराउँदै तत्काल उक्त कार्यलाई कार्यान्वयन गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सांसद बस्नेतले भन्नुभयो, ‘भक्तपुर नगरपालिकाले उक्त अदालतको निर्णयलाई कार्यान्वयन गरोस्, अदालतलाई अपमानित हुने ढंगले कुनै पनि गतिविधि नहोस् ।’ भक्तपुर नगरपालिकाले सल्लाघारीमा रहेको नेपाल ट्रष्टको ९९ रोपनी जग्गामा पर्खाल लगाउने गैर कानुनी काम गरी जवरजस्ती कब्जा गर्ने काम गरेको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले विकास निर्माणमा हुने हरेक कामहरु सार्वजनिक खरिद ऐन र आर्थिक कार्यविधि ऐनलाई वेवस्था गर्दै उपभोक्ता समिति बनाई गैरकानुनी आधारमा खर्च गर्ने गरेको बताउँदै भन्नुभयो, ‘उक्त कार्यले भक्तपुर नगरपालिकाले जबरजस्ती भ्रष्टाचार गर्ने काम गरिरहेको छ । नगरपालिकाले सञ्चालन गरेको कलेजदेखी लिएर विद्यालयसम्म सवै अनियमित ढंगले प्रचलित कानुनलाई अवज्ञा गरी सञ्चालन गरेको छ । संघिय सरकारको सम्बन्धीत संघिय तथा स्थानीय विकास मन्त्रालयले उक्त कार्यलाई छानविन गरी कारवाहीको प्रकृया अघि बढाओस् ।’

Classic Tech Mobile
Classic Tech Desktop

https://www.facebook.com/MaMaheshBasnet/videos/469509363601375/?v=469509363601375

प्रतिकृया