• ५ साउन २०८३, मंगलबार
  • ८:५६ बिहान

अवैध लागूऔषध सहित पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र १० गते, मंगलवार ०३:३३

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने २२ वर्षीय राकेश थापा क्षेत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ सय १० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साथै वीरेन्द्रनगर नगरपालिका–११ धुलिया विट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ९ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन विकलाई समेत सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Kamana Sewa

प्रतिकृया