टीकापुरमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन आज देखि सुरु
प्रकाशित मिति
२०७६ भाद्र ७ गते, शनिबार १२:३५
टीकापुर । थरुहट थारुवान राष्ट्रिय सम्मेलन आज देखि सुरु भएको छ । टीकापुरस्थित सिटी हलको प्रांगनमा ३ दिने थरुहट थारुवान राष्ट्रिय सम्मेलन शुरु भएको हो ।
३ दिने सम्मेलनमा देशैभरिबाट थारुहरु आउने क्रम जारी रहेको छ भने शुक्रबार साँझसम्म करिब एक हजार पाहुनाहरुको आगमन भइसकेको आयोजकले जनाएको छ । करिब १० हजारको उपस्थिति गराउने लक्ष्य रहेको उक्त सम्मेलनमा जिल्लाबाट करिब ७ हजार र जिल्ला बाहिरबाट ३ हजार गरि १० हजार भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।
कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई , वरिष्ठ पत्रकार किशोर नेपाल, विश्लेकषक तथा लेखक खगेन्द्र संग्रौला, युग पाठक, रिसर्चर भास्कर गौतम थारु नेता राजकुमार लेखी लगायत टीकापुर पुगेका छन् । सम्मेलनमा विभिन्न पार्टीका शिर्ष नेताहरुले सम्वोधन गर्ने छन् ।
त्यसैले कार्यक्रमा आउने थारु पाहुनाहरुलाई पहाडी र पहाडी पाहुनाहरुलाई थारु समुदायबाट फुलले स्वागत गर्ने कार्यक्रम भइरहेको छ भने कार्यक्रमलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले टीकापुको सुरक्षा व्यवस्था कडा पारेको छ । इलाका प्रहरी कार्यालयका अनुसार ३ हजार प्रहरी परिचालित छन् र कार्यक्रम अवधिसम्म टीकापुरमा मदिरा सेवन र बिक्री वितरणमा रोक लगाइएको छ ।






प्रतिकृया