• २ असोज २०८३, शुक्रबार
  • ८ः१६ राती

प्रहरी महानिरीक्षक खनालले चितवन पुगेर भेटे रवि लामिछानेलाई

प्रकाशित मिति

२०७६ भाद्र ७ गते, शनिबार ११:३७

काठमाडौं , चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भेट गरेका छन् ।

National Life

चितवनस्थित जिल्ला प्रहरी कार्यालय भ्रमणका क्रममा खनालले लामिछाने र उनीसँगै हिरासतमा रहेका युवराज कँडेललाई भेटेका हुन् । खनाल शुक्रबार चितवनको जिल्ला प्रहरी कार्यालय निरीक्षणको क्रममा थिए ।

कार्यालय निरीक्षणको समयमा उनले लामिछानेलाई भेट गरेको चितवन प्रहरीले जनाएको छ । लामिछानेका पूर्वसहकर्मी शालिकराम पुडासैनी चितवनकै होटल कंगारुमा गत साउन २० गते झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आफूलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै खिचेको भिडियो सार्वजनिक भएपछि रविलगायत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।अन्नपूर्णपोष्टबाट साभार

प्रतिकृया