• ३ साउन २०८३, आइतबार
  • ३:४२ बेलुका

सगरमाथा क्षेत्रमा प्लाष्टिक प्रतिबन्ध, २०२० देखि लागु हुने

प्रकाशित मिति

२०७६ भाद्र ५ गते, बिहीबार ०८:४३

काठमाडौं । नेपालले सगरमाथा क्षेत्रमा प्लास्टिक प्रतिबन्ध लगाउने भएको छ । सो प्रतिबन्ध खुम्बु पासाङ्ग नगरिपालिकामा आउँदो जनवरी २०२० देखि लागु हुने जनाइएको छ । नेपाली अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार समिति एएफपीले सो समाचार प्रकाशन गरेको छ । सगरमाथा क्षेत्रबाट केही समयअघि मात्रै ११ टन फोहर सफा गरिएको थियो । प्लास्टिकको प्रयोग रोकिएपछि सगरमाथा क्षेत्रलाई सफा राख्न मद्धत पुग्ने अपेक्षा सरकारी अधिकारीहरुले गरेका छन् ।
सो क्षेत्रमा प्लास्टिकका बोतल र ३० म्याक्रोन भन्दा कमका प्लास्टिकलाई प्रतिबन्ध लगाइने भएको छ । उल्लंघनकर्तालाई के कस्तो सजाय गर्ने भन्ने चाहिँ तय भइनसकेको जनाइएको छ । ट्रेकिङ कम्पनी, एयरलाइन्स र नेपाल माउन्टेनरिङ्ग एशोसिएसनले उक्त नियम लागु गर्न मद्धत गर्नेछन् । बीबीसीबाट

प्रतिकृया