किन सिर्फ मार्च ८ मा मात्र महिलाको सम्मान गरिन्छ अरू बेला किन गर्दैन ?
प्रकाशित मिति
२०७६ भाद्र ४ गते, बुधबार ०२:५५
मेरो देश बुद्धको भूमी जसले आफ्नो दुश्मनको समेत सम्मान हामीले गर्नु पर्छ भन्दै सारा बिश्वलाई सिकायो। मेरो देश जसले मानब धर्म र संस्कृतिलाई बिश्व भर फैलाउदै हिड्ने गरेको छ। ८ मार्चमा हामी लगायतका बिश्व भरि महिला सम्मान दिबस अर्थात् महिला दिबस मनाउदै छौ। हाम्रो हिन्दु संस्कृतिमा महिलालाई सम्मान गरेर भनिन्छ । ‘जहाँ नारी सम्मानित हुन्छिन् त्यहाँ देबता र धर्म संस्कार को सधै बास भै रहन्छ। ’ हाम्रो नेपाली समाजमा महिलालाई प्रेम, ममता र करूणाको प्रतिमूर्ति मानीन्छ। खासमा भन्ने हो भने हिन्दु समाजमा नारी भनेको पुजनिय र बन्दनिय हो भनेर माताको रूपमा पुजीन्छ। साँच्चै भन्ने हो भने बिना नारी सृष्टिको कल्पना असम्भव हुन्छ।
यस्तो अबस्थामा किन सिर्फ मार्च ८ मा मात्र महिलाको सम्मान गरिन्छ अरू बेला किन गर्दैनौ भन्ने प्रश्न मेरो यो देशका नागरिकहरू सित छ। किन नारी दिवसमा मात्र महिला लाई सम्मान गर्ने? अन्य दिन पनि नारी दिबस जस्तै सम्मान किन गरिदैन? मार्च ८ लाई महिलालाई सम्मान प्रदान गर्ने दिन भनेर भनिन्छ तर त्यो सिर्फ देखावटि दिबस मात्र हो।किनभने हाम्रो समाज पुरुष प्रधान समाज हो। आज पनि हरेक घर घरमा महिलालाई पुरूष भन्दा तल नै मानिन्छ चाहे ऊ मन्त्री प्रधानमन्त्री र राष्ट्रपति नै किन नहोस। पुरूषले भन्दा बढि महिलाले महिलालाई नै सम्मान गर्न सकिराखेका छैनन् ।किन यो देशका जनताहरूको भाबना र बिचार् यति धेरै नकरात्मक हुदै छ? त्यो मैले बुझ्न सकेको छैन ।

अबको भाबि पिँढी पनि यस्तै नकारात्मक प्रभावमा पर्दै जाने हो भने अबको दश बिस बर्षमा नेपालमा आज जुन घटिरहेको दर्दनाक घटना हत्या हिंसा र पत्याउन नसक्ने घटना हरुू आमाले सानो बच्चाको घाटी रेटेर हत्याू जस्ता घटना घर घरमा हुन बेर छैन किनभने किन भने हामी आफ्नो घरमा बिहान देखि राति सम्म नकारात्मक कुरा गर्ने, केही कुरामा पनि सकारात्मकता नदेख्ने संस्कार जन्माई रहेका हुन्छौ जसले हाम्रो सम्पूर्ण जीवनलाई नै नकारात्मक प्रभाव पार्छ जसको असर हाम्रो बालबालिका माथि नी पर्छ। जो भविष्यमा झन झन नकारात्मक हुदै गएर नराम्रो र सोच्नै नसक्ने काम नी गर्न पछि पर्दैनन्। जसको नकारात्मक असर हाम्रो जीवनमा मात्रै होइन हाम्रो पुर्खौ पुर्खासम्म पर्छ तसर्थ सकारात्मक सोचले जीवनमा अघि बढ्औ ।

महिला आमा हुन् महिला देबी को रूप हुन् भन्ने संस्कार बाट हुर्केका हामी नेपाली नै पहिलो मानब होला जसले आफ्नो आमा र बाबालाई बर्षमा एकपटक आमाको मुख हेर्नै भन्दै सम्मान र पुजा गर्ने संस्कार लिएर जीवन जीईरहेका छौ जुन संस्कारलाई आज आएर बिश्वको अन्य राष्ट्रमा पनि mयतजभचक मबथ नामले सुरूवात गरेको छ। यस्तो देश हाम्रो जहाँको संस्कृति र संस्कारलाई बिश्वले पुज्दै आएको छ आज हामी किन बिर्सेछौ हाम्रो संस्कार ? भनेर प्रश्न गर्न मन लागेको छ। नेपाललाई आमा भनेर संबोधन गर्ने, दुर्गा माताको पुजा गर्न भनेरै दश दिन सम्म नबरात्री बर्त बसेर आमा र महिला शक्तिको पुजा गर्ने हाम्रो समाज आज एउटा महिलालाई देशको गौरवशाली पद राष्ट्र प्रमुख को हैसियतमा राखेर सम्मान गरेको किन हेर्न सक्दैन? हाम्रो संबिघानले राष्ट्रपतिलाई कुनै अधिकार प्रदान गरेको छैन। के हाम्रो सम्मानिय राष्ट्रपति ज्यू सरकार प्रमुख हुन् र उहाँले के काम गर्नु भयो भनेर प्रश्न गर्ने? अन्य राष्ट्रको राष्ट्रपतिहरू संग तुलना गरेर उहाँ माथि टिका टिप्पणी गर्ने। हाम्रो संबिघानले राष्ट्रपतिलाई कुनै अधिकार नै प्रदान गरेको छैन उहाँले जति पनि काम गर्नु हुन्छ त्यो सबै मन्त्रीपरिषदको र संसदको निर्देशनमा गर्नु हुन्छ। यस्तो अबस्थामा पनि किन हाम्रो महामहिम राष्ट्रपति श्रीमती बिध्या भण्डारीज्युको बिरोध गरेको हो त्यो बुझ्न सकेको छैन ।
एउटा कुनै कामको उदाहरण छ पुरूष राष्ट्रपति हुदां गरेको महिला राष्ट्रपति ज्युलेले नगर्नु भएको ? एउटा महिला जसको श्रीमान बितिसकेका छन्, जो देशको गरिमामय पदमा बहाल हुनुहुन्छ भने यस्तो उच्च ब्यक्तीत्व पनि महिला भएकै कारण हेपिन्छीन भने हामी जस्ता सर्वसाधारण महिलाको अबस्था कस्तो होला त्यो आकलन सबै महिलाले गर्नै पर्छ। देशको सम्मानित ब्यक्तीसंग महामहिम राष्ट्रपति ज्यूको चरित्र हत्या गर्ने समेत फोटो प्रदर्शनीलाई उल्टै हामी महिलाले नै आ आफ्नो फेसबुक पेजमा पोस्ट गरेको देख्दा थुक्क मेरो समाज भन्न मन लागेको छ। एउटा महिलालाई महिलाले नै हाँसोको पात्र बनाउँछौ जब की उहाँले कुनै नराम्रो काम गर्नु भाको छैन। जब जब सम्मानिय राष्ट्रपति ज्यूको बिरोधमा लेखहरू पढ्दा मलाई ती पुरुषलेखक प्रति दया लागेर आउँछ के अध्ययन गरेछन् बिचराहरुले जुन अध्ययन बाट नेपाली संस्कार, आमा र महिला प्रति संम्मान भन्ने सिकेनन् भने अरू के सिके होला तिनी बिचराहरूले जस्तो लाग्छ।
पढेर डिग्रीमात्र भएर हून्न संस्कार पनि हुनुपर्छ र आफ्नो देशको संस्कार लाई भुल्नुहुँदैन। महिला कर्मी महिला आयोग र महिला हित संग सम्बन्धित कहा गए? महिलाको सम्मानको लागि लडँदै आएकाका गए ? जहाँ उच्च गरिमामय पदमा ब्यक्ती माथि महिला भएकै नाताले यत्रो अपमान हाम्रो राष्ट्रपति ज्यू माथि बारम्बार भै रहेको छ। खै कहाँ गए महिलाको पक्षमा वकालात गर्नेहरू? की उनीहरू पनि कुनै राजनीतिक दलको झोले कार्यकर्ताहरू त होइनन्? सुजाता कोइराला, पंफा भुसाल, हिसिला यमी, हिमानी शाह यदि यो पदमा भएको भए नी यसरी नै हेरिरहन्थ्यौ त महिला आयोग का नेत्रीज्युहरु ? राजनीति बिस्वास र आस्थाको आधारमा महिला माथिको हिंसालाई र महिला माथिको अपमानलाई हेर्नु भनेको सबैभन्दा निच काम हो।
निर्मलाको हत्या प्रकरणमा दोषी समात्न नसक्नु पनि यहि राजनीति करण हो। एउटा महिलालाई बलात्कार गर्ने ब्यक्ती खुलेआम हिडिरहदा राजनीति आस्थाको आधारमा घटनालाई अर्कै तर्फ मोडि महिलाहरूले बिभिन्न आयोगको नाममा हत्यारा पत्ता लगाउन अबरोध श्रीजना गरि रहेको स्थिति छ। धिक्कार त्यस्ता महिला जसले आफ्नो अस्मितामाथि प्रहार हुदा पनि चुपलागेर बस्दै आएका छन् । एक त आफ्नो राष्ट्रको गरिमामय पदमा आसिन ब्यक्ती जो भन्दा माथि कोही छैनन् भने पछि उहाँ प्रति सम्मान प्रकट गर्नु एउटा नागरिकको दायित्व नै हो त्यसैमाथि महिलाको गरिमालाई उच्च राख्न सफल भएको राज्यमा एउटा महिला राष्ट्रपति राष्ट्र प्रमुखको जिम्मेवारी बहन गरेको ब्यक्तीत्व माथि पटक पटक प्रहार गर्दै आफ्नै स्तर देखाउने गरि टिप्पणी गरेको देख्दा धिक्कार मेरो राष्ट्र जसका जनता आखां चिम्लेर अरूको कुरा सुन्ने र महिला राष्ट्रपति वा राष्ट् अध्यक्ष माथि भएको अपमान लाई हाँसी हाँसी हो मा हो मिलाउने जनताको भारले थिचीएको देख्दा आफ्नो राष्ट्र प्रति टिठ लागेर आउँछ। के संस्कार सिक्लान हाम्रो देशको बालबालिकाहरूले कहिले सोच्नु भएको छ ? के उनीहरूले पनि आफ्ना आमा दिदी बहिनीहरू प्रति यस्तै अपमान गर्न थाले भने हाम्रो मन खुशीले नाच्ला त ? पछिल्लो समय बिश्वको राजनीतिमा महिलाको बाहुल्यता धेरै नै बढेको छ।
१९९० यता करिब ३० राष्ट्रमा राष्ट् अध्यक्ष र सरकार प्रमुखमा महिलाको बाहुल्यता देखिन्छ। संसार भरिको देशहरुमा महिलालाई नीति निर्माण तहमा पठाउन बिशेष ब्यबस्था आफ्नो संविधानमा नै उल्लेख गरेर गरेको छ। नेपालमा ३० प्रतिशत महिलालाई निश्चित कोटा छुट्याइएको छ। अफगानिस्तानको संविधानमा महिला कोटा २५ प्रतिशत रहेको छ स्विडेनमा ४५ प्रतिशत छुट्याइएको छ भने अमेरिकामा सिर्फ १५ प्रतिशत महिला सहभागिता रहेको छ। यसरी महिलालाई अधिकार दिइ सम्मान गर्ने मुलुक नेपाल नै देखिन्छ किनभने उसले महिलालाई सम्मान गरेर एकै समयमा सरकारका तीनै वटा अंगहरूका प्रमुख महिलालाई नै बनाएर बिश्व रेकर्ड कायम गरेको छ।
महिला बिरूद्को हिंसा हाम्रो नेपाली समाजमा प्रत्येक तह देखि राष्ट्रिय स्तर सम्म रहेको छ। महिला भएकै कारण उनीहरूले जीवन भर अरूको लैङ्गिक हिंसाका सिकार हुन्छन्। उनीहरू प्रति दुरब्यबहार, र अपमान भएको पाइन्छ जसको शिकार हाम्रो राष्ट्रपति महोदयाले समेत ब्यहोरनू पर्यो। बिश्वको कुनै पनि मुलुकमा बिशिष्ट महिला ब्यक्तीत्वलाई यसरी नराम्रो संग गालि गर्ने र वहालाई बेइज्जत गर्ने काम भएको छैन होला जति हाम्रो देशको राष्ट् अध्यक्ष माथि भएको छ। जसको शिकार कुनै बेला जो सुकै नेपाली महिला नै हुनेछन् । किनभने हामी नेपाली महिलाले हाम्रो राष्ट्रपतिलाई महिला भएकै कारणले सम्मान प्रदान गर्न सकेनौ। साथै ठूलालाई सम्मान र सानालाई माया भन्ने संस्कार हामीले अझै सम्म पनि आफ्ना भबिष्यका कर्णधारलाई सिकाउन सकेनौ भने देश बुद्धको भूमी भन्नु र कराउनुको कुनै तुक छैन। बुद्ध जसले आफ्नो दुश्मनको समेत सम्मान हामीले गर्नु पर्छ भन्दै सारा बिश्वलाई सिकाए तर आज त्यही देशका जनता दुश्मनको सम्मानको त कुरै छोड्औ एउटा राष्ट्र प्रमुख जसले कुनै गल्ती गरेकी छैनन् उसको अपमान गरेको सुन्दा र हेर्दा मलाई लाग्छ हामी नेपाली जनता जसले बुद्ध जन्मेको देशका जनता भन्ने एउटा प्रमाण समेत आफ्नो ब्यबहार बाट देखाउन नसक्दा धिक्कार रहेछौ भन्छु। मानब धर्म र संस्कृतिलाई बिश्वलाई सिकाउदै हिड्ने गरेको मेरो नेपाल देश, किन यो देशका भाबना र बिचार् यति धेरै नकरात्मक हुदै छ ? त्यो मैले बुझ्न सकेको छैन ।
ठूलालाई सम्मान र सानालाई माया भन्ने संस्कार हामीले सिक्न जरुरी नै छ। त्यस्तै गरी हामी महिला दिदी बहिनीहरू नै आजबाट महिला अन्य दिदी बहिनीलाई माया र सम्मान दिन्छौ भन्दै अगाडि बढ्न सक्यौँ भने हाम्रो सम्मान त बढ्छ बढ्छ हाम्रो भविष्यका संततीले पनि संस्कार सिक्ने छन् र आमा दिदी बहिनी र पत्नीको पनि सम्मान अबस्य गर्ने छन्। त्यसैले नेपाली महिलालाई सधै सम्मान गरौ र माया पनि गरौ। पछिल्लो समय एउटा पत्रकारको आत्महत्या पस्चात उत्पन्न भएको स्थितिमा पत्रकारकी पत्नी जसको सम्पूर्ण जीवन नै फगत रित्तो भएको छ उ प्रति कसैको सहानुभूति देखिएको छैन कुनै महिलाले समेत सो पत्रकार र उसको पत्नीलाई न्याय चाहिँयो भन्न सकिरहेका छैनन् बरु उल्टै बहुविवाहलाई सामान्य मानेर बस्ने प्रति नतमस्तक भएको समाज आज हामी नेपालीको रहेको छ। कुनै पुरुष ब्यक्तीले टेलिभिजन मार्फत हो मैले चार वटा संग बिबाह गरेकै हो भन्ने भिडियो सार्वजनिक गर्दा एक घण्टामा चौधहजारले लाईक गरे । जसमा करिब तेह्र हजार महिला थिए। यो देख्दा अब बहुविवाहलाई पनि हाम्रो देशका महिलाले स्विकार गरेको मैले सोच्न बाध्य भएकी थिए। यस्तै समाज भै राख्ने र पटक पटक महिला नै दबिनु पर्ने हो भने अब नेपालमा महिला अधिकारलाई महिलाले नै हाँसोको बिषय बनाएकोले हटाउनु पर्ने त होइन भनेर म सम्पूर्ण नेपाली महिला संग प्रश्न गर्न चाहन्छु।
एकपटक आत्मामा हात राखेर सोच्नु होला मेरा महिला दिदी बहिनीहरू, तपाईँका घरका दिदी बहिनी, साथी संगी माथिपनि यस्तो अवस्था श्रीजना भयो भने के गर्नु हुन्छरु एकपटक एकान्तमा यो बिषयमा सोच्नु होला किनभने हामी महिला नै आमा जननी र माता हौ माताको मन कोमल हुन्छ जो मन तपाईँ हामी सित पनि छ यो मलाई बिश्वास छ। तीज पर्व आउदैछ यो पर्व ले हामी नेपाली महिलामा एकमत र एकता कायम गराउन सफल होस् भन्दै हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।




प्रतिकृया