• २४ भदौ २०८३, बुधबार
  • १ः४६ दिउँसो

महिनावारी र सुत्केरी हुँदा दिइँदैन दही–दूध

प्रकाशित मिति

२०७६ भाद्र ४ गते, बुधबार ०२:३८

बाजुरा, जिल्लाका अधिकांश ठाउँमा महीनावारी र सुत्केरी महिलालाई दही–दूध नदिने चलन अझै कायमै रहेको छ। सामान्य अवस्थाभन्दा महीनावारी र सुत्केरी भएका बेला महिलालाई बढी पोषिलो खाद्यवस्तुको आवश्यकता पर्छ।

National Life

बडिमालिका नगपालिका–७ सिराडीकी कल्पना विक भन्छिन्, ‘बाजुराका ग्रामीण भेगमा भने दूध–दही लगायतका गोरसजन्य वस्तु केही दिँदैनन्, सुत्केरी र महिनावरी भएका महिलाले परम्परागत रुपमा न त गाईवस्तुलाई छुन मिल्छ न त गोरस प्रयोग गर्न मिल्छ ।’

सोही वडाकी मासमती विकले महीनावारी भएका बेला गाईवस्तुलाई छोएमा सुक्दै जाने, बिरामी हुने र देवीदेउता रिसाउने हुँदा गाईवस्तुलाई छुने हिम्मत नै नगरेको पीडा सुनाइन्। जिल्लाका केही स्थानीय तहमा फाट्टफुट्ट गोरसको प्रयोग गरे तापनि अधिकांश स्थानीय तहका ग्रामीण भेगका सुत्केरी र महीनावारी भएका महिलालाई दूध, दही अझै नदिने गरेको बडिमालिका नगरपालिका–९ का गोपाल विकले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

गौमुल गाउँपालिका–६ टुनीकी रचना विकले भनिन्, ‘यो परम्परागत अन्धविश्वासका विरुद्ध गाउँ–गाउँमा अभियान सञ्चालन गर्नुपर्छ।’ जिल्ला अस्पतालका डा रोहित गिरीले भने महीनावारी र सुत्केरी भएका बेला रगत बढी बग्ने र शरीरमा कमजोरीको महसुस हुने भएकाले यो अवस्थामा दूध, दही, हरियो सागपात, माछामासुलगायत साविकको भन्दा पोषिलो खानेकुरा बढी प्रयोग गर्नुपर्ने बताए ।

प्रतिकृया