बुटवल, नारायणगढ सडकखण्डका पुलहरु उच्च जोखिममा
प्रकाशित मिति
२०७६ भाद्र ४ गते, बुधबार १०:४७
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्र्तगतको बुटवल–नारायणगढ सडकखण्डमा पर्ने नवलपरासीका अधिकांश पुलहरु जोखिमपूर्ण अवस्थामा पुगेका छन् । पुलहरुको आयु सकिन लागे पनि क्षमताभन्दा बढी लोडका सवारी साधन गुड्नु र मर्मत्सम्भारमा चासो नदिँदा दुर्घटनाको जोखिम बढ्दै गएको हो । यातायात संञ्चालनका लागि पुल भाचिएको १० घण्टा पछि अस्थाइ रुपमा निर्माण अस्थाई रुपमा निर्माण गरिएको ‘डाइर्भसन पनि बाढीले बगाएपछि दिनहुँजसो राजमार्ग अवरुद्ध बन्दै गएको छ । जसका कारण ठूलो सास्ती भोगिरहनुपरेको यात्रुहरुको गुनासो छ ।
गत बुधबार नवलपरको मध्यविन्दु नगरपालिकास्थित अरुणखोलाको पुल मालबाहक ट्रक ठोकिएपछि भत्किएको छ । पुल मर्मत हुन नसक्दा दिनहुँजसो हजारौँ यात्रुले ठूलो सास्ती खेपिरहेका छन् । सडक डिभिजन कार्यलयको अनुमतिमा पुलको निर्माण निरीक्षण गरिरहेका घनश्याम गिरीका अनुसार पुलको दाहिने तर्फ पोल र फलाम मात्र जोड्ने काम भएको हँुदा सम्भवत बिहीबारसम्म काम सम्पन्न हुनेछ ।





प्रतिकृया