‘जाइरा’ले लभरगर्लको छविलाई तोड्नेछ :अभिनेत्री श्रेष्ठ
प्रकाशित मिति
२०७६ भाद्र २ गते, सोमबार ०२:५३
काठमाडौँ, अभिनेत्री नम्रता श्रेष्ठले फिल्म ‘जाइरा’ले लभरगर्लको छविलाई तोड्ने बताएकी छन । गामी शुक्रबार रिलीज हुने सिनेमा ’जाइरा’ टीम नम्रता श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठ र सम्राट मगर लगायत यतिबेला मोफसलको प्रचार यात्रामा छन ।
कलाकारहरुको उपस्थितीमा पोखराको लेकसाइडमा रहेको डुंगा रेष्ट्रोमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । उक्त सम्मेलनम ‘नेपालमा जोखिम मानिने महिला प्रधान सिनेमामा लगानी गर्न कसरि अग्रसर हुनु भयो र ?’ भन्ने सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै अभिनेत्री श्रेष्ठले अरुले हिम्मत नगरेकै कारण आफुमा यो हिम्मत आएको बताइन । ‘जाइरा’मा लगानीसमेत गरेकी नम्रताले यस फिल्मले आफुलाई लभरगर्लको भूमिका मात्र गर्न सक्छे भन्ने भ्रमबाट मुक्त बनाउने आशा व्यक्त गरिन ।

पत्रकार सम्मेलनमा अभिनेता प्रमोद अग्रहरीको लूक्सको चर्चा भयो । ट्रेलरमा देखिएको लूक्सबारे सञ्चारकर्मीको जिज्ञासामा उनले भदौ ६ गते सिनेमा हेरेपछि उक्त लूक्सको राज खुल्ने बताए ।





प्रतिकृया