• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

बस र ट्रक एकआपसमा ठोक्किँदा १५ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र २ गते, सोमबार १२:५०

एजेन्सी,भारतको महाराष्ट्र राज्यको धुले जिल्लामा बस र ट्रक एकआपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ । आइतबार राति बस औरङ्गावादबाट शहादा जाँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना हुदा १५ जनाको मृत्यु हुनुको साथै ३५ जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ठक्करको तीव्रताका कारण ट्रक पल्टिएको र नराम्रोसँग क्षतिग्रस्त भएको थियो । बसका चालकको घटनास्थलमा नै मृत्यु भएको छ भने बसमा कति जना सवार थिए भन्ने बारेमा थाहा भैसकेको छैन । घाइतेहरुलाई अस्पताल लगिएको छ । दुर्घटनाको स्थिति हेर्दा मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

Kamana Sewa

प्रतिकृया