• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

सिसी क्यामरामार्फत ८ हजार भन्दा बढी चालक कारवाहीमा

प्रकाशित मिति

२०७६ भाद्र २ गते, सोमबार १२:०७

काठमाडौँ, सिसी क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने ८ हजार ९ सय ३९ जना सवारी चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उलङ्घन गर्ने सवारीसाधनका चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/७६ मा सिसी क्यामरा फुटेजको आधारमा सम्पर्कमा ल्याई कारवाही गरेको हो ।

Kamana Sewa

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुमबाट सडकमा खटिएको टोलीमार्फत पाँच हजार ३१४, महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सिसी क्यामरा फुटेजको आधारमा एक हजार ९९७ र सर्भिलेन्स भेइकल र अन्य क्यामरामार्फत एक हजार ६९ चालकलाई कारवाही गरेको महाशाखाले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया