• ८ असोज २०८३, बिहीबार
  • ८ः२७ राती

नेकपामा राष्ट्रपतिको सक्रियता

प्रकाशित मिति

२०७६ भाद्र १ गते, आईतवार ०७:५२

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद सुरु भएको छ । पार्टी एकीकरण भएको १५ महिनापछि विधानविपरीत गौतमलाई उपाध्यक्ष बनाइएको र झलनाथ खनाललाई तेस्रो वरीयतामा ल्याउने तयारी भएपछि नयाँ विवाद सुरु भएको हो ।

National Life

स्रोतका अनुसार पार्टीभित्र देखिएको विवाद मिलाउन र जबजका पक्षमा बलियो मत बनाउन राष्ट्रपति भण्डारी आफैँ सक्रिय भएकी थिइन् । ईश्वर पोखरेलको बलमा मात्रै पार्टीको कार्यदिशा जबज बनाउन अलि अप्ठेरो पर्ने देखेर त्यसमा गौतमलाई सहभागी गराएपछि यो मत बलियो हुने आशाका साथ गौतम–पोखरेल समीकरण बनाइएको हो ।
(टपेन्द्र कार्की)
नागरिक दैनिकबाट साभार

प्रतिकृया