• ७ असोज २०८३, बुधबार
  • ११ः०६ बिहान

दुधेबाट गाँजासहित तीन जनालाई पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ३१ गते, शुक्रबार ०१:०२

झापा, शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

National Life

बिहीबार राति इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीयवासी दिलबहादुर मगर, नरबहादुर मगर र ताराबहादुर कुँवर छन् ।

दिलबहादुरको घरबाट आठ किलो, नरबहादुरको घरबाट तीन किलो र कुँवरको घरबाट एक किलो गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया