• ६ असोज २०८३, मंगलबार
  • ६ः०९ बिहान

नेपाललाई इयूको कालोसूचीबाट हटाउन पहल जारीः पर्यटनमन्त्री भट्टराई

प्रकाशित मिति

२०७६ श्रावण ३१ गते, शुक्रबार ०१:३५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (इयू) को कालोसूचीबाट हटाउनका लागि सम्बन्धित मुलुकसँग पहल भइरहेको स्पष्ट पार्नु भएको छ ।

National Life

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ को विहीबार सार्वजनिक गर्दै मन्त्री भट्टराईले यस्तो बताउनु भएको हो । उहाँले नेपाली जहाजलाई इयूको आकाशमा उडान सहजता बनाउन इयूका राजदूतसँग पछिल्ला दिनमा बारम्बार छलफल गरिरहेको उल्लेख र्गाु भयो ।

नेपालले हवाई सुरक्षाको स्तरदर वृद्धि गरिसकेको सन्दर्भमा पनि इयूले कालोसूचीमा राखिरहनुपर्ने अवस्था किन ? भन्दै मन्त्री भट्टराईले अब यसको जवाफ इयूले हैन नेपालले सोध्ने बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले भन्नु भयो, “नेपाललाई कालोसूचीमा राखिरहनुपर्ने अवस्था छैन, अब यो प्रश्न हामीलाई उहाँ (इयू) ले हैन हामी (नेपाल) ले उनीहरुलाई सोधिरहेका छौँ, हामीले गर्नुपर्ने जति काम कुनै कसर बाँकी राखेको छैन । मैले राजदूतहरुलाई सोधे, अब पनि किन कालोसूचीमा रहिरहनुपर्ने तपाईंहरुले पनि जवाफ दिनुपर्छ । यसबाट नेपाललाई मुक्त गरिदिनुस् हामी नेपालको उड्डयन क्षेत्रमा ठूलो फड्को मार्दैछौँ”,

इयूको कालोसूचीबाट हटाउनका लागि व्यक्तिगत तथा एजेन्सीहरुको पनि सहयोग चाहिने उल्लेख गर्दै उहाँले नेपालको सन्दर्भमा लिइने अन्तर्रा्ष्ट्रिय निर्णयहरु व्यक्तिगत, चिनजान र लबिङका आधारमा पनि भएको पाइएकाले यसमा सबैलाई बोलाएर छलफल गरिने जानकारी दिनु भयो ।

प्रतिकृया