• २ असोज २०८३, शुक्रबार
  • ७ः१७ बेलुका

एक क्विन्टल गाँजासहित २ युवक र एक मिनीट्रक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति

२०७६ श्रावण ३० गते, बिहीबार ०१:५०

काठमाडौं, मकवानपुरका विभिन्न २ ठाउँमा गरी एक क्विन्टल गाँजा बरामद भएको छ । उक्त कार्यमा एउटा मिनिट्रक र २ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका—६ बस्ने २० वर्षीय भिमसेन मोक्तान र सोही ठाउँकै २६ वर्षीय रोशन लामा रहेका छन् ।

National Life

बुधबार अन्दाजी १५र५० बजे प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक पवनकुमार झासहितको टोलिले उनीहरुलाई पक्राउ पगरेको हो ।

मकवानपुर हेटउडा उप महानगरपालिका—१० बसपार्क स्थित सडक खण्डमा पालुङबाट बिरगंज तर्फ जाँदै गरेको बा५ख१८२५ नम्बरको मिनीट्रक रोकी चेकजाँच गर्दा सो ट्रकमा चालक बस्ने सिटमुनि ५९ किलो ५८० ग्राम लागु औषध गाँजा फेला परेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

ट्रकको चालक बस्ने सिटमुनि फल्सबटम बनाई सो फल्स बटम भित्र लुकाई छिपाई राखेको अवस्थामा ८ वटा प्लास्टिकको पोकामा उक्त गाँजा फेला परेको प्रहरीले बताएको छ । अहिले उक्त गाँजा, युवक र ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै मंगलबार ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुर बाट खटिएको प्रहरी नायव निरिक्षक मदुसुदन बिष्टको टोलिले मकवानपुर हेटउडा उप महानगरपालिका—१९ नेवारपानी बिचटोल स्थित धानखेतमा अबैध लागु औषध गाँजा ओसार पसार गर्ने उदेस्यले कालो प्लास्टिकमा प्याकीङ गरेर राखिराखेको अवस्थामा ५३ किलो लागु औषध गाँजा बरामद गरेको छ । उक्त गाँजा गरी संलग्न व्यक्तिहरुबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया