• २ असोज २०८३, शुक्रबार
  • १२ः२४ राती

पोखराको न्यूरोडमा भीषण आगलागी

प्रकाशित मिति

२०७६ श्रावण २८ गते, मंगलवार ०६:२०

पोखरा, पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ । भाटभटेनी सुपरमार्केट नजिकै रहेको नवदुर्गा फोर्म हाउस सहितको मिनिमार्केटमा आगलागी भएको हो । मिनिमार्केट भित्र रहेको खाजा पसलबाट आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

National Life

आगलागीबाट मार्केटभित्र रहेका १२ वटा पसलमा क्षति पुगेको छ । फोर्मभित्र आगो लागेका कारण नियन्त्रणमा लिन निकै सकस परेको थियो । आगो नियन्त्रणका लागि पोखरा महानगरका ४ वटा दमकल सहित २० भन्दा बढी ट्यांकर परिचालन गरि आगो नियन्त्रणमा लिइएको छ । उक्त आगोलागीबाट करिव १० करोडको क्षति भएको प्रारम्भीक अनुमान छ । भने कुनै मानविय क्षति भएको छैन ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको सुरक्षाकर्मी आगोलागी भएको उपस्थिती रहेको थियो । आगलागीबाट के–कति क्षति भयो विषयमा थप अनुसन्धान भइ रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया