ज्ञानेन्द्र शाह दुई हप्ताका लागि थाईल्याण्डमा
प्रकाशित मिति
२०७६ श्रावण २८ गते, मंगलवार ०६:२१
काठमाडौं, पूर्व राजा ज्ञानेन्द्र शाह यतिवेला दुई हप्ताका लागि थाईल्याण्डमा रहेका छन् । बैंकक बसाईको क्रममा पूर्वराजाले आफ्नो राजनीतिक भेटवार्ता बढाईरहेको स्रोतले दावी गरेको छ । एक महिनाको अन्तरालमा उनी पुनः थाइल्यान्ड उडेका हुन् ।
यसअघि असारमा उनी बैंकक पुगेका थिए । साउन २४ मा उनी दिउँसो थाइ एयरवेजको विमानबाट थाइल्यान्ड प्रस्थान गरेका हुन् । पछिल्लो समय उनको थाइल्यान्ड आवतजावत बाक्लिएको छ र त्यहाँबाट शक्तिकेन्द्रसँग सम्पर्क बढाएको चर्चा भएको छ ।
नातिनीहरु बैंककमा अध्ययन गरिरहेकाले उनी बैंकक गइरहेको बताइन्छ । कतिपयले स्वास्थ्योपचारका लागि आवतजावत् बाक्लो बनाएको बताइरहेका छन् । तर, उनले त्यहाँबाट राजनीतिक सक्रियता बढाएको सूचना सत्तारुढ दलका नेताहरुसम्म पुगेको छ । थाईल्याण्ड बसाईको क्रममा शाहले कुटनीतिक भेटवार्तालाई पनि तिव्रता दिएका छन् ।
पछिल्लो समय पूर्वराजाको निवासमा पुगेर चर्चित राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले समेत भेटवार्ता गरेका थिए । नेपालमा पूर्व राजालाई लिएर सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै नसलबलाउन चेतावनी दिएपछि नेपालमा राजा फर्किनेबारे चर्चा तथा परिचर्चा हुन थालेको छ ।






प्रतिकृया