• २८ भदौ २०८३, आइतबार
  • ३ः५१ दिउँसो

स्थायी लेखा नम्बर लिनेको सङ्ख्यामा वृद्धि

प्रकाशित मिति

२०७६ श्रावण २३ गते, बिहीबार ०४:१९

बनेपा, आन्तरिक राजश्व कार्यालय धुलिखेलबाट दुई महीनाको अवधिमा ६ हजार २८३ जनाले स्थायी लेखा नम्बर (प्यान) र भ्याट प्रमाणपत्र लिएका छन् ।

National Life

व्यक्तिगत रुपमा पारिश्रमिक आयआर्जन गर्ने तथा व्यावसायिक रुपमा गरिएका अर्थ उपार्जनका गतिविधिहरुको विवरण चुस्तदुरुस्त बनाउनका लागि सरकारले जेठ १५ गतेदेखि प्यान र भ्याट अनिवार्य गरेपछि प्रमाणपत्र लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।

“सरकारले सो व्यवस्था गरिएपश्चात् विशेषगरी व्यक्तिगत प्यान प्रमाणपत्र लिन आउनेको सङ्ख्या ह्वात्तै बढेको छ”, आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले भन्नुभयो, “अहिले दैनिक रुपमा तीन सयदेखि पाँच सयखसम्म सेवाग्राहीहरु व्यक्तिगत प्यान लिन मात्रै आउने गरेको छ ।”

Classic Tech Mobile
Classic Tech Desktop

सत्र–अठार जना कर्मचारी रहेको सो कार्यालयमा सेवाग्राहीको घुइँचो बढेसँगै खाजा खाने समयमा समेत समय मिलाएर सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको उहाँको भनाइ छ । “टाढा÷टाढाबाट आउने सेवाग्राहीहरुका लागि हामीले कार्यालय परिसरमा आएपछि बेलुका ६÷७ बजेसम्म बसेर भए पनि प्रमाणपत्र उपलब्ध गराउने गरेका छौँ”, उहाँले भन्नुभयो, “व्यक्तिगतसँगै व्यावसायिक र भ्याट प्रमाणपत्र लिन आउनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।” माल वस्तु ओसारपसार गर्दा बिल र ढुवानी पेश गर्नुपर्ने व्यवस्थाले गर्दा झन् बढी व्यावसायिक प्यान लिनेको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि तपाईंले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ । जानाजान वा अन्जानमा तपाईंले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ । जसले तपाईंको व्यवसाय, रोजगारी वा आयआर्जनमा अप्ठ्यारो पार्न सक्छ । कर तिर्न योग्य हुनका लागि निश्चित नीति नियम तथा मापदण्ड छन् ।

प्रतिकृया