• २८ भदौ २०८३, आइतबार
  • ६ः२४ बेलुका

आइपुग्यो स्मार्ट लाइसेन्स छाप्ने प्रिन्टर

प्रकाशित मिति

२०७६ श्रावण २३ गते, बिहीबार ०३:५७

काठमाडौं, झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ । बुधबार दिउँसो प्रिन्टर आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।

National Life

एकडेढ महिनापछि सो उपकरण प्रयोगमा आउने विभागका प्रवक्ता तीर्थराज खनालले बताए । उपकरण आएपछि त्यसको जडान, परीक्षण लगायतका काम सकिएपछि नियमित रुपमा सञ्चालनमा आउने उनले बताए । विभागले मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरीद गरेको हो ।

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरणमा रहेको ढिलाइ हटाउनका लागि ‘मास प्रिन्टर’ खरीद गरिएको उनले बताए । प्रवक्ता खनालले भने, “प्रिन्टरले नियमित रुपमा काम गर्न शुरु गरेपछि अहिले रहेको समस्या समाधान हुनेछ ।”

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले गतवर्ष ग्लोबल बोलपत्रमार्फत प्रिन्टर खरीद प्रक्रिया अघि बढाएको थियो । प्रिन्टर खरीदका लागि तोकिएको अवधि गत महिनामा नै सकिएको थियो । तोकिएको अवधिमा प्रिन्टर नआएपछि आफूहरु ठेकेदार कम्पनीलाई नियमित रुपमा घचघचाइरहेको विभागले जनाएको छ ।

विभागमा रहेको मुद्रणयन्त्र ९छपाइ मेसिन० को क्षमताभन्दा धेरै कार्ड छाप्नु पर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ । विभागमा अहिले नौ वटा उपकरण रहेका छन् । ती मध्ये छ, सात वटाले मात्रै नियमित काम गरिरहेको प्रवक्ता खनालले बताए। विभागले नयाँ वा नवीकरणका लागि परेका आवेदनबाट एक वर्ष वा त्यो भन्दा पहिलेदेखिको कार्ड छाप्न बाँकी छ ।

सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति कार्ड शुरु गरेदेखि नै सेवाग्राहीले समयमै चालक अनुमतिपत्र पाएका थिएनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । रासस

प्रतिकृया