गौतमवुद्ध विमानस्थलबाट पर्यटनमन्त्रीले भने प्रधानमन्त्रीज्यूले लिने परीक्षा यही हो
प्रकाशित मिति
२०७६ श्रावण २३ गते, बिहीबार ०३:०८
बुटवल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भैरहवाको गौतमवुद्ध विमानस्थल निरीक्षण गर्नु भएको छ । बिहीबार उक्त विमानस्थल निरीक्षण गर्दै मन्त्री भट्टराईले विमानस्थल आउँदो डिसेम्बर ३० सम्म जसरी पनि सम्पन्न गर्नुपर्ने बताउनु भएको छ ।
भ्रमण वर्ष २०२० मनाउने भएकोले भ्रमण वर्ष सफल कि असफल हुन्छ भन्ने विषयसंग विमानस्थल र लुम्बिनी जोडिएको बताउदै उहाँले भन्नुभयो,‘ जुनसुकै अन्तर्राष्ट्रिय मञ्चमा पनि प्रधानमन्त्रीज्युले भन्नुभएको छ, डिसेम्बरमा हामी आयोजनाको काम सम्पन्न गर्छौं र तपाईहरुलाई लुम्बिनीमा स्वागत गर्न आतुर छौं, मन्त्रीको जिम्मेवारी दिएपछि बधाई दिने क्रममा पहिलो जिम्मेवारीकै रुपमा गौतमबुद्ध विमानस्थलको आयोजनाबारे मलाई भन्नुभएको छ, प्रधानमन्त्रीज्यूले लिने परीक्षा पनि यही हो ।’
मन्त्री भट्टराईले प्रदेश सरकार, स्थानीय सरकार र नागरिकले नजिकबाट फाइदा लिने र सिंगो मुलुकले यस विमानस्थलबाट फाइदा लिने बतानु भयो ।






प्रतिकृया