• २६ भदौ २०८३, शुक्रबार
  • ५ः४७ बेलुका

ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

प्रकाशित मिति

२०७६ श्रावण २३ गते, बिहीबार ०९:३६

धादिङ, पृथ्वीराजमार्ग अन्तरगत धादिङको धुनीवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ । बुधबार मध्यराति काठमाडौंबाट चितवन आउदै गरेको लु १ ख ४९६६ नम्बरको ट्रकले ठक्कर दिँदा पश्चिम चम्पारन बस्ने अन्दाजी ४० वर्षीय सत्यनारायण दासको मृत्यु भएको हो ।

National Life

ट्रकको ठक्करबाट घाइते भएका दासको टाउकोमा गम्भीर चोट लागेपछि धार्के्स्थित शिवदर्शन अस्पतालमा सामान्य उपचार गरेर काठमाण्डौस्थित नेशनल अस्पताल र्पुयाएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यलय खानीखोलामा नियन्त्रणमा लिएको छ।

प्रतिकृया