• २ असोज २०८३, शुक्रबार
  • ८ः२१ बिहान

प्रियंकाको बर्थडे केकको मूल्य साढे ५४ लाख

प्रकाशित मिति

२०७६ श्रावण २१ गते, मंगलवार ०५:१७

एजेन्सी, ग्लोबल आइकन प्रियंका चोपडाको जन्म दिन गत १८ जुलाईमा थियो। ३७ वर्ष पुगेकी प्रियंकाले आफ्नो बर्थडे अमेरिकास्थित मियामीमा परिवार तथा साथीभाइसँग मनाएकी थिईन्। प्रियंकाको बर्थडे सेलिब्रेशनको चर्चा भने निकै लामो समय रह्यो। जन्मदिनमा उनले लगाएको रेड शिमरी पहिरन र सिन्दुरले विशेष चर्चा पाएको थियो।

National Life

यसका साथै, प्रिंयकाले जन्मदिनमा काटेको केकले धेरैको ध्यान खिच्यो। उक्त केकको मूल्य साढे ५४ लाखको केक काटेकी थिइन्। केकको अर्डर उनका पति निक जोनसले गरेका थिए। केकको डिजाइनले धेरैको ध्यान खिचेको थियो।

रेड शिमरी कलरको केक प्रियंकाले जन्मदिनमा लगाउने पहिरनसँग मिलाइएको थियो।‘गोल्डेन कलर’को सजावट भने उनको मनपर्ने रंग भएको कारण रंग मिसाइएको दैनिक भास्करमा उल्लेख रहेको छ। डिभाइन डेलिसियस बेकरीले बनाएको उक्त केकको फोटो इन्स्टाग्राममा गरेको थियो। उक्त बेकरीले जेनिफर लोपेज, टम क्रुज जस्ता कलाकारहरूको लागि पनि केक डिजाइन गरेको छ। उक्त केक बनाउको लागि २४ घण्टा लागेको जनाईएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया