• २ असोज २०८३, शुक्रबार
  • ८ः०० राती

बसयात्रुका गोजीबाट रकम चोरेर भाग्दै गरेका एक जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण २० गते, सोमबार ०१:४१

सिरहा, जनकपुरधाममा बसभित्र यात्रुको गोजीबाट रकम चोरेर भाग्दै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधामको पिडारी चोकबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –१ रमदैया भवरीका रामु यादवको साथबाट एक लाख २० हजार रुपैयाँ चोरेर भागिरहेका सिरहाको लहान नगरपालिका–९ निवासी २४ बर्षीय मोहम्मद राज शेख पक्राउ परेका हुन् ।

National Life

जनकपुरबाट सिरहाको माडरतर्फ जाँदै गरेको बसमा चढेका यादवको साथबाट शेखले बसमै पाकेटमारी गरेका थिए । उनलाई भाग्ने क्रममै प्रहरीले लखेट्दै नियन्त्रणमा लिएका हुन् । बरामद भएको उक्त रकम यादवलाई बुझाइएको र नियन्त्रणमा लिइएका शेखलाई पक्राऊ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया