• २ असोज २०८३, शुक्रबार
  • ७ः१५ बिहान

भारतीय बालयौन दुराचारी कारबाहीमा, ११ वर्ष कैद सजाय

प्रकाशित मिति

२०७६ श्रावण २० गते, सोमबार ०७:०२

ललितपुर जिल्ला अदालतले बालयौन दुराचारमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकलाई ११ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीस चुरामन खड्काको एकल इजलासले बिहार सितामणी स्थायी घर भई हाल पीडितको घर छेउ डेरा गरी बस्ने किशोर दासविरुद्ध उक्त कसुरमा यस्तो सजाय सुनाएको हो इजलासबाट उक्त कसुरमा कैद सजाय निर्धारणका साथै पीडितलाई २५ हजार क्षतिपूर्ति भराउने आदेश भएको अदालतका श्रेष्तेदार नगेन्द्र कुमार कालाखेतीले बताए ।
महालक्ष्मी नगरपालिका–९, लामाटारमा घटेको घटनाअनुसार गत साल ९२०७५० चैत्र २२ गते साँढे १२ बजेतिर पीडक दासले पीडितको घरमा कोही नभएको बेला १७ वर्षीया बालकलाई ललाईफकाई यौन दुराचार गरेका थिए ।

National Life

सानैदेखि अपांगता भएका उनी बोल्न र लेखपढ गर्न समेत नसक्ने परिवारले बताएको छ । उनलाई पटकपटक गरी ५ पटकसम्म दुराचार गरेको दासले अदालतसामु स्विकारेका थिए । घर बनाउने मिस्त्री काम गर्दैआएका उनले पीडितको घरमा प्लाष्टर गर्ने काम गरेदेखि नै यस्तो दुराचार गर्दै आएको स्विकारेका थिए ।
नेपाल समाचारपत्रबाट साभार

प्रतिकृया