• १९ असार २०८३, शुक्रबार
  • ४:१५ बेलुका

रसुवामा स्पृङ पानीको उत्पादन सुरु

प्रकाशित मिति

२०७६ श्रावण १८ गते, शनिबार ०७:२८

काठमाडौँ, नेपालको पानी विदेश निर्यात गर्ने उद्देश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्पृङ पानीको उत्पादन सुरु गरेको छ । खानेपानी मन्त्री बिना मगर लगायतका विशिष्ट व्यक्तिहरूले शुक्रवार विशेष कार्यक्रम गरी रसुवा ब्रान्डको पानीको सुरुवात भएको औपचारिक उद्घाटन गर्नु भएको हो । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाईंकुण्ड नगरपालिका वडा न ६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको कम्पनीका अध्यक्ष गणेश भण्डारी जानकारी दिनु भयो । अध्यक्ष भण्डारीले जर्मन प्रविधि र चीन, भारत, र जापानमा बनेका अत्याधुनिक मेसिनहरूको प्रयोग गरेर अटोमेटिक रूपबाट पानीको उत्पादन कार्य भइरहेको बताउनु भयो ।

Kamana Sewa

कम्पनीले दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रीङ वाटर उत्पादन गर्ने लक्ष्य राखिएको जनाएको छ । नेपाली बजारमा तुरुन्त र देश बाहिर खाडी मुलुकहरूमा आउँदो डिसेम्बर सम्ममा पानी निर्यात गरिने अध्यक्ष भण्डारीले बताउनु भयो । कार्यक्रममा मन्त्री मगरले नेपालको पानी विश्व बजारमा निर्यात गरी बिक्री गर्ने योजनामा सरकार लागिरहेको बताउनु भयो ।

Classic Tech Desktop

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा व्यापार घाटा निकै बढिरहेको बेला पानी मात्र निर्यात गर्न सक्यौँ भने देशलाई फाइदा पुग्ने बताउनु भयो । उहाले नेपालको पानी सिङगापुर, दुबई, कतार, अमेरिका र युरोपमा निर्यात गर्न सकियो भने त्योभन्दा राम्रो देशको लागि अरू केही नहुने धारणा राख्नु भएको हो ।

प्रतिकृया