• ४ साउन २०८३, सोमबार
  • ७:३८ बेलुका

पहिलो पटक ‘नेपाल फिल्म अवार्ड – २०७६’ हुने

प्रकाशित मिति

२०७६ श्रावण १६ गते, बिहीबार ०१:४९

बलामी इन्टरटेनमेन्ट अन्तर्गतको नेफा मिडिया ग्रुपले पहिलो पटक ‘नेपाल फिल्म अवार्ड – २०७६’को घोषणा गरेको छ । २१ जना सिनेपत्रकारहरुको टिम रहेको मिडिया ग्रुपले नेपाली चलचित्रको प्रचार(प्रसार र आन्तरिक पर्यटन प्रवर्धनलाई मुख्य उद्येश्यका साथ अवार्ड घोषणा गरेको हो ।

अवार्डको लागी चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले आयोजनाको लागि सहकार्य गरेका छन् ।अवार्डमा पपुलर तर्फ ५ र निर्णायक अधिकार तर्फ १४ विधा रहनेछन् साथमा आयोजकको निर्णयबाट नेपाली चलचित्रप्रति समर्पित व्यक्तित्वलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।

Kamana Sewa

पपुलर तर्फको अवार्ड भने दर्शक भोटिङको आधारमा तय गरिने जानकारी दिइएको छ । बेष्ट अवार्ड तर्फ चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, नव(निर्देशक, नव(अभिनेता, नव(अभिनेत्री, सहायक भूमिका, सम्पादक, ध्वनि मिश्रण, पटकथाकार, छायाकार, सङ्गीतकार, र आदिवासी जनजाति समावेश गरिएको छ । साथै पपुलर विधा अन्तर्गत चलचित्र, अभिनेता, अभिनेत्री, महिला गायिका र पुरुष गायिका रहेका छन् ।

Classic Tech Desktop

आयोजकले हरेक अवार्ड (ट्रफी)मा ३५ तोलादेखि ५० तोलासम्म चाँदी समावेश गर्ने बताएको छ साथै लाइफ टाइम एचिभमेन्टको ट्रफीमा १ तोला सुन हुनेछ भने, १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ । अवार्डको पहिलो संस्करणका लागी निर्णायक समितिमा निर्माता निर्देशक आकाश अधिकारी, निर्देशक तथा सञ्चारकर्मी फुलमान वल, छायाकार विष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशक कलाकार अनुप बराल रहेका छन् । अवार्ड वितरण, नेपाली कला–संस्कृति विशेष प्रस्तुतिसहित सम्पन्न हुने समारोहलाई पूर्ण मनोरञ्जनसहितको ग्ल्यामर नाइटको रूपमा मनाइने जानकारी दिइएको छ ।

प्रतिकृया