भक्तपुरमा बोलेरो गाडी दुर्घटनाः एकको मृत्यु, एक घाइते
प्रकाशित मिति
२०७६ श्रावण १६ गते, बिहीबार ११:४७
भक्तपुरः भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडाल चरेलीमा बुधबार साँझ बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुली घर भई हाल भक्तपुर चाँगुनाराण नगरपालिका–८ कलमसी बस्ने ३२ वर्षीय कान्छा राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
कमलबिनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नंं को बोलेरो गाडी आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ५ मिटर तल खस्दा राईको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

यस्तै, गाडी चालक दोलखा मेलुङ गाउँपालिका–१ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–७ बागेश्वरी बस्ने २० वर्षीय प्रदिप राउत घाईते भएका छन् । उनको काठमाडौं मेडिकल कलेज (अस्पताल) सिनामंगलमा उपचार भई रहेको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।





प्रतिकृया