• ४ साउन २०८३, सोमबार
  • ७:१२ बेलुका

अवैध सुनसहित थानकोटमा एकजना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण १६ गते, बिहीबार १०:५२

काठमाडौं । काठमाडौंको थानकोटमा एक किलोे अवैध सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको गोसाईंकुण्ड गाँउपालिका–५ का ३२ वर्षीय पेम्वा दिण्डुप तामाङ छन् । धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९ प २७२६ नम्बरकोे मोटरसाइकल जाँच गर्ने क्रममा महानगरीय प्रहरी वृत्त थानकोट र प्रभाग नागढुङ्गाको टोलीले उनलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब निरीक्षक होविन्द्र बोगटीका अनुसार कालो टेपले बेरी पाइन्टको पेटी लगाउने स्थानमा चार टुक्राको सुन लुकाएर ल्याउँदै गर्दा तामाङ पक्राउ परेका हुन् ।

Kamana Sewa

प्रतिकृया