• ३१ भदौ २०८३, बुधबार
  • ७ः४८ बेलुका

५० घण्टापछि जंगलमा भेटिइन् बालिका

प्रकाशित मिति

२०७६ श्रावण १६ गते, बिहीबार ०७:२८

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ की २ वर्षीया बालिका सुम्निमा इवाराम हराएको दुई दिनपछि फेला परेकी छिन् । घरबाट हराएकी उनलाई प्रहरी र आफन्तले ५० घण्टापछि जंगलमा भेटेका हुन् ।

National Life

सदरमुकाम फुङ्लिङबाट गएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलीले बालिकाको उद्धारपछि परिवारलाई जिम्मा लगाएको छ । उता बालिकाकी आमालाई भने नानी हराएको पीरमा विष सेवन गरेकाले अस्पताल भर्ना गरिएको छ ।
(आनन्द गौतम)
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया